
लेखनाथ, २८ मंसिर, । कास्कीको लेखनाथमा जारी एघारौ लेखनाथ महोत्सव भोलि सकिदैछ । महोत्सवको समापन पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेश कुमार थपलियाले गर्ने भएका छन् । महोत्सवको ११ औं दिन आइतबारसम्म १६ करोड १५ लाख रुपैयाको कारोबार भएको आयोजक लेखनाथ उद्योग बाणिज्य संघले जनाएको छ । साथै एक लाख ९५ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् । मौसम प्रतिकुलता विच पनि आइतबार दर्शकहरुको सहभागिता उल्लेख्य रहेको थियो । आइतबार मात्रै २० हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए । झरीमा पनि स्टलमा राम्रो कारोबार भएको व्यवसायीहरुले बताएका छन् ।
आयोजकले अघिल्ला दिनका झै दर्शकको मनोरन्जनका लागि लोक दोहोरी, पप र हाँस्यव्यङ्गका कार्यक्रम समावेश गरेका थिए । महोत्सवको आकर्षणको रुपमा रहेको गायन विधाको गण्डकी ताराको प्रतियोगितामा २ जना बाहिरिएका छन् । निकिल गुरुङ्ग र शक्तिकुमार श्रेष्ठ बाहिरिएका हुन । उपाधिका लागि दिपक वि.क., सुविन सेन्चुरी, आरती सापकोटा र दिपेश पुनले प्रतिस्पर्धा गर्नेछन् ।
महोत्सवको अर्को आकर्षणको रुपमा रहेको चाइल्ड ट्यालेन्ट सो प्रतियोगितामा नृत्य तर्फ हिमालयन वोर्डिङ स्कुलका कृषा बुढाथोकी प्रथम, डायमण्ड उच्च मा.वि का अनुपमा लामिछाने द्धितिय, डायमण्डकै प्रतिक्षा राना तृतिय र हावर्ड एकेडेमीका चन्द्रा पुन सान्तवना भएकी छन् । अभिनय तर्फ न्यू लेखनाथ पब्लिकका रञ्जन कंडेल प्रथम, युनिभर्स वोर्डिङ स्कुलका दिपेश बस्नेत द्धितिय, हाइवे वोर्डिङ स्कुलका शिव. वि.क तृतिय र युनिर्भसल वोर्डिङ स्कुलका आदर्श पौडेल सान्तवा भएका छन् ।
यसैगरी चाइल्ड ट्यालेन्ट शो अन्र्तगतकै गायन विधामा फिस्टेल एकेडेमीका प्रशान्ती राई प्रथम सोही विद्यालयका प्रकृति राई द्धितिय, ग्लोबल कलेजियटकी पल्लवी किरण भट्टराई तृतिय र डायमण्ड उच्च मा.वि का अमिसा ढुंगाना सान्तवना स्थान प्राप्त गर्न सफल भएका छन् । विगतको संझना बर्तमानको प्रस्तुती भन्दै संघलाई विभिन्न समयमा गायनको क्षेत्रबाट योगदान दिएको भन्दै लोक गायकहरु बद्री पराजुली, माया गिरी, भिष्म बास्तोला, सोमनाथ बास्तोला, गिता सुवेदीलाई संघका अध्यक्ष बाबुराम गिरी र पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापाले सम्मान गरेका थिए ।
महोत्सवको समापनका दिन पनि आयोजकले गित संगितलाई प्राथमिकता दिएाक छन् । समापनको दिन सोमबार पनि पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, तारापति सुवेदी, जिवन दाहाल, कृष्ण गुरुङ्ग, शिवहरि ढुंगाना, लक्ष्मी नेपाली, विगतका गण्डकी तारा मनोज गुरुङ्ग, नरजंङ्ग गुरुङ्ग, विक्रम थापा, आयुष परियारको समेत गित संगित रहेन छ । १८ गतेबाट संचालन भएको महोत्सवमा ३ सय भन्दा बढी स्टलहरु राखिएक छन् ।
