धर्म परिवर्तनबारे बेलायती राजदूतको अभिव्यक्तिप्रति सर्वत्र विरोध, पोखरामा पुत्ला दहन

461
0
Share:

रञ्जन अधिकारी पोखरा, २८ मंसीर बेलायती राजदूत एन्डी स्पाक्सले नयाँ संविधानमा धर्म परिवर्तनको अधिकार सुनिश्चित गर्न सभासद्लाई दिएको सुझावको विरोधमा पोखराका युवा तथा विद्यार्थी उत्रिएका छन् । युवा विद्यार्थीहरुले पोखरामा आईतबार साँझ राजदुत स्पाक्र्सको पुत्ला जलाए । सृजनाचोकमा बेलायती राजदुत विरुद्ध नाराबाजी सहित साँझ सवा चार बजे परालको पुत्ला दहन गरिएको हो । राजदुत स्पाक्र्स्ले अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा डिसेम्बर १० मा सभासदहरु्लाई खुलापत्र लेख्दै ‘हामी धर्म परिवर्तनको अधिकार सुनिश्चित गर्न तपाईंहरुलाई प्रोत्साहित गर्दछौं’ भन्ने उल्लेख गरेका थिए ।

spotlight-Andy-Sparkes-New-Ambassadorयुवाहरुले ‘धर्म परिवर्तन गर्न पाईंदैन’, ‘ईशाईकरण गर्न पाईंदैन’, ‘बेलायती राजदुत मुर्दाबाद’, ‘विदेशी हस्तक्षेप गर्न पाईंदैन’ ‘डलरमा सोझा नेपाली नकिन’, ‘नेपाल सरकार होसियार बन’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । नाराबाजी सहित यातायात सेवा अवरोध भएपछि वडा प्रहरी कार्यालय बैदाम प्रमुख प्रहरी निरिक्षक सुन्दर तिवारी सहितको टोलीले सो समूहलाई पन्छाएको थियो । ‘हामी कुनै दल निकट युवा तथा विद्यार्थी होईनौं । नेपालमा विदेशी हस्तक्षेप हामीलाई स्वीकार्य छैन’– विरोध सभामा सहभागी अभिचन्द्र पाठकले भने– ‘विदेशी षड्यन्त्र सफल हुन नदिन सबै युवा एकजुट होऔं ।’ अर्का विद्यार्थी गोपाल गौतमले संविधान निर्माणको अन्तिम चरणमा आईपुग्दा आफ्नो मर्यादा विपरित राजदुत जस्ताले सभासद्लाई निर्देशन दिनु निकै गम्भीर विषय भएको बताए ।

नेपालमा नयाँ संविधान जारी हुने समय नजिकिरहँदा विदेशी राजदुतले कुटनीतिक मर्यादा उल्लंघन गरेर हस्तक्षेपपूर्ण रुपमा प्रस्तुत भएको भन्दै उनको सवत्र्र विरोध भएको छ । जनआन्दोलनको म्याडेण्ट बिना नै ८१ प्रतिशत बढि हिन्दु धर्मावलम्बी रहेको नेपाललाई धर्म निरपेक्ष घोषणा गरेको भन्दै चौथो दल राप्रपा नेपाल र खुमबहादुर खड्का नेतृत्वमा राष्ट्रिय अभियाननै चलिरहेका बेला बेलायती राजदुतको यस्तो अभिव्यक्तिको देशैभर विरोध भएको हो ।

यसैबीच, सरकारले धर्मनिरपेÔताका बारेमा जथाभावी अभिव्यक्ति दिने नेपालका लागि बेलायती राजदुतस“ग स्पष्टिकरण लिने बताएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर राप्रपा नेपालले राजदूतको अभिव्यक्तिको विरोध गरेपछि प्रधानमन्त्री कोइरालाले ध्यानाकर्Èण भएको बताए ।

अभिव्यक्तिको विरोधमा राप्रपा नेपालले प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाएको थियो । राप्रपा नेपालको विरोध र आप्mनै पार्टीका सभासद्ले पनि राजदुतको अभिव्यक्तिको चर्को विरोध गरेपछि प्रधानमन्त्री कोइरालाले राजदुतस“ग स्पष्टिकरण सोध्ने बताएका हुन् । बेलायती राजदुतको भनाई आपत्तिजनक रहेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत जानकारी लिने बताए ।

आईतबार नेपाली काँग्रेसको केन्द्रिय समिति र संसदीय दलको बैठकमा सभासद्हरुले बेलायती राजदुत स्पाकर््स्ले दिएको अभिव्यक्तिको विरोध गर्दै उनीस“ग स्पष्टिकरण सोध्न माग गरेका थिए । डा. शेखर कोइराला लगायतले क्षेत्राधिकार नाघेर आएको गम्भीर अभिव्यक्तिलाई बेवास्ता गर्न नहुने भन्दै स्पष्टिकरण सोध्न माग गरेका थिए । ‘उहा“ले धर्म परिवर्तन गर्ने अधिकार संविधानमा लेख्नुपर्छ भनेर भन्नु कुनै पनि हालतमा स्वीकार्य हुन्न । यस्तो अभिव्यक्ति दिएर उहा“ले आफू राजदुत भएको बिर्सनुभयो ।’

बैठकपछि काँग्रेस सभासद् डा. शेखर कोइरालाले भने, – ‘संविधानमा कस्तो व्यवस्था गर्ने त्यो हाम्रो अधिकार हो । कुटनीतिक मर्यादाको उल्लंघन गर्ने राजदुतलाई स्पष्टिकरण सोध्नै पर्छ ।’ भेटमा सहभागी राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रधानमन्त्रीले आवश्यक परे राजदुतलाई बोलाएरै भए पनि संवेदनशील विÈयमा सार्वजनिक रुपमा अभिव्यक्ति नदिन सचेत गराउने आश्वासन दिएका थिए । यसअघि, भारतीय राजदुत राकेश सुदको भूमिका पनि निकै विवादास्पद रहने गर्दथ्यो ।

कमेन्ट गर्नुहोस्
Share: