संविधानसभामा सत्तापक्षद्वारा हुटिङ

358
0
Share:

काठमाडौं, मंसिर २९ \ संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापछि डा. बाबुराम भट्टराईले पठाएको प्रतिवेदनमाथि छलफल गर्न लागि सोमबार बसेको संविधानसभाको बैठकमा सत्तारुढ दलका सभासद्हरुले संविधान सभाभित्र हुटिङ गरेका छन् ।

parliament

कांग्रेस उपसभापति रामचन्द्र पौडेल र एमाले नेता भीम रावलले संवाद समिति असफल भएको भन्दै अब प्रतिवेदनलाई फिर्ता पठाउन नहुने कुरा राखेका थिए । ‘उनीहरुले अब बहुमतको आधारमा प्रक्रियाबाटै संविधान जारी गर्ने कुरा गरेपछि सत्तारुढ पक्षका सभासद्हरुले टेबल ठट्याउँदै हुटिङ्ग गरेका छन् ।

बैठकमा रामचन्द्र पौडेलले आफूहरुको सात प्रदेश सहितको प्रस्तावलाई सबैले स्वीकार गरिसकेको र आफूसँग बहुमत रहेको दाबी गर्दै अब एमाओवादीले आत्मसमपर्ण गर्नुपर्ने बताएका थिए ।

उता, एमाले उपाध्यक्ष भीम रावलले पनि सहमति गर्न नसक्ने संवाद समितिमा कुनै पनि हालतमा प्रतिवेदन फिर्ता पठाउन नहुने कुरा राखेका थिए । उनले विशेष निर्णय गरेर अब प्रक्रियामा जानुपर्ने कुरा राखेका थिए । उनले अरु देशका नेताले भन्दैमा सहमतिमा नै संविधान जारी गर्न कुनै आवश्यकता नरहेको विचार राखेका थिए ।

यता, एमाओवादीका नेता कृष्णबहादुर महराले भने संवाद समितिलाई अन्तिम पटक मौका दिनुपर्ने बताएका थिए । सबै जना सहमतिको पक्षमा रहेका भन्दै बहुमतका आधारमा संविधान बनाउन नहुने धारणा राखेका थिए ।

उता, राप्रपा नेपालका अध्यक्षले भने सार्वभौम संविधानसभालाई केही नेताहरुले आफ्नो रबर स्ट्याम्प बनाएको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनले राप्रपा नेपालसहितका दलहरुलाई सहमति प्रक्रियाबाट अलग राखेको भन्दै बहुमतको निर्णय नमान्ने जिकिर गरेका थिए ।

यता, प्रतिवेदन संवाद समितिमा नपठाउने पर्ने माग सत्तापक्षले उठाएपछि समितिका सभापति डा. भट्टराईले यस विषयले भविष्यमा गम्भिर स्थितिको संकेत गरेको बताएका छन् । आफ्नो ट्वीटरमा लेख्दै उनले भनेका छन्, ‘आजको संविधानसभा वैठकमा सत्तापक्षले नै हूटिंग गरेर अरिंगालको गोलोमा ढुंगो हान्ने काम गर्नुले आगामी दिनमा अरु गम्भीर कुराको संकेत गरेको त हैन ?’

कमेन्ट गर्नुहोस्
Share: