विवाहित हमालले भने-‘प्रोडक्शन चालु छ’

Share:

काठमाडौ, २९ मंसीर \ नायक राजेश हमाल ठट्टा गर्न निक्कै सिपालु छन् । कुनै पनि कार्यक्रममा चलचित्रकर्मी र पत्रकारसँग ठट्टा गर्न हमाललाई कसैले भ्याउँदैन ।

Rajesh Hamal and Madhu bhattarai @ ecan fair pokhara

सोमबार आयोजित एक कार्यक्रममा हमालले पनि यस्तै कुरा गरे । तपाई कहिलेदेखि चलचित्र प्रोडक्शनमा लाग्नुहुन्छ त भन्ने प्रश्नमा हमालले भने, ‘विवाहित मान्छु हुँ । प्रोडक्शन त भैहाल्छ नि । मेरो प्रोडक्शन चालु छ ।’

हमालले यसो भन्दा कार्यक्रम हलमा हाँसो छुट्यो । औपचारिक रुपमा ठट्यौली शैलीमा आफ्नो प्रोडक्शन चालु रहेको बताएका हमालले  भने  भने-‘भर्खरै त बिहे भएको छ । हामी आफै बच्चा छौ । अहिले नै प्रोडक्शन गर्ने बेला भएको छैन ।’

हमालले आफूले बिहे अघि नै शर्त राखेकाले अहिले कुनै फरक नपरेको बताए । हमालका अनुसार उनले पत्नी मधुसँग बिहेपछि आफ्नो जीवनमा कुनै पनि किसिमको फेरबदल आउनुहुन्न भनेर शर्त राखेका थिए । जसका कारण पनि अहिले आफूरुलाई अगाडि बढ्न सजिलो भएको उनको तर्क छ ।

 

News courtesy : onlinekhabar.com

कमेन्ट गर्नुहोस्
Share: