लक्ष्मीप्रसाद सापकोटा, पर्वत १ पुस \ नेकपा(एमाले)का बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधबकुमार नेपालले अहमतिलाई फरक मत राखेरै माघ ८ मै संबिधान जारी गर्न आग्रह गर्नुभएको छ । नेकपा(एमाले) पर्वतको आठौ जिल्ला अधिबेशनको उदद्घाटन गर्दै नेता नेपालले असहमतिका बुँदाहरुमा फरक मत राखेर संबिान जारी गर्न एमाओबादी र मधेशबादी दललाई आग्रह गरेका हुन ।
संबिधान निर्माणका क्रममा सबै पक्षका मागहरुमा सहमति कायम नहुने भएकाले आफ्ना मागहरुलाई फरक मतमा दर्ज गरेर संबिधानमा सहमति कायम गर्नुपर्ने धारणा नेपालको छ । एमालेले २०४७ सालको संबिधानमा फरक मत राखेर संबिधान जारी गर्न सहयोगी बनेको बताउँदै एमाओबादीलाई पनि त्यही बाटो अपनाउन आग्रह गर्नुभयो । ‘फरक मत राखेर जाँदा तोकिएकै समयमा संबिधान पनि जारी हुन्छ, तपाईहरुको पनि फेस सेभ हुन्छ’ नेता नेपालले भन्नुभयो ‘समयक्रममा तपाईका मागहरु सही बन्न पनि सक्छन, असत्य साबित पनि हुन सक्ने भएकाले यी बिकल्प उचित हुनेछ’
उहाँले सबै दल र पक्ष संग छलफल भैरहेका कारण माघ आठ मै संबिधान जारी गर्न सहमति कायम हुने बिश्वास ब्यक्त गर्नुभयो । सहमतिका साथ तोकिएकै अवधिमा संबिधान जारी गर्ने दायित्व भएकोले सबैले सहमति गर्नेछन’ उहाँले भन्नुभयो सहमतिका लागि सबैपक्ष संग छलफल भएकोले यो निष्कर्षमा पुग्नेछ’ अन्तिम समयमा सहमतिमा पुग्ने बानी परिसकेका कारण संबिधानका बिबादीत बिषयमा पनि सहमति कायम भएरै छाड्ने बिश्वास नेता नेपालको छ ।
एमालेले संघियता सहितको लोकतान्त्रिक संबिधान निर्माण गर्न चाहेको बताउँदै जातियताका आधारमा मुलुक बिभाजित हुने गरी संबिधान गरी गर्न नसकिने स्पष्ट पार्नुभयो । ‘संबिधान निर्माण गर्दा मुलुक टुक्रयाउने भन्दा जुटाउने हिसाबले बनाउनुपर्छ’ उहाँले भन्नुभयो ‘सबै जातिको सम्मान, स्वशासन, सुशासन र अधिकारको निक्षेपणकै अधारमा संघियता हुन्छ’ उहाँले एमाले जनजाति, मेधश बिरोधी पार्टी नभएको पनि स्पष्ट पार्नुभयो ।
नेकपा(एमाले) भित्र गम्भीर रुपमा समस्या आएको समयमा बुद्धिमतापुर्वक पार्टीलाई बलियो बनाएर जान सकिएको उहाँको भनाई थियो । पार्टीमा स्थायी समिति र पोलिटब्युरो गठन गर्ने क्रममा सहमति कायम गर्दा मतभेदहरु चिर्ने काम भएको र बिपक्षीलाई गतिलो पाठ पढाएको भनाई पनि नेता नेपालको थियो ।

