डिभिजन टूका लागि नेपाली टीमको घोषणा

Share:

काठमाडौं २ पुस । माघ ३ गतेबाट नामिवियामा हुने आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूका लागि नेपालले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षण सुरु नहुँदै प्रशिक्षक पुवुदु दशानायकेको सिफारिसमा क्रिकेट एशोसिएसन अफ नेपाल क्यानले बुधबार टीम घोषणा भएको हो ।

Nepali-cricket-team-2

क्यानले मंगलबारबाट बन्द प्रशिक्षण सुरू गरेको थियो तर, पानी परेका कारण पहिलो दिन खेलाडीहरू जिम मात्र गए । समान्यता राष्ट्रिय लिग गरेर खेलाडी छनोट गर्नु पर्ने हो । तर, पहिलो चरणमा १८ खेलाडी छनोट गर्दा पनि कुनै प्रतियोगित खेलाइएको थिएन । पारस खड्काको कप्तानीमा घोषित टोलीमा नयाँ अनुहारको रुपमा मिडियम पेश बलर करण केसी आएका छन् । उनी मेहबुब आलमको स्थानमा उनी आएका हुन् । श्रीलंका भ्रमणका क्रममा तीनदिवसिय खेलमा करणले राम्रो प्रदर्शन गरेका थिए भने हङकङसँगको टी-२० मा उनले मौका पाएनन् ।

अन्य सबै खेलाडी डिभिजन थ्री खेलेका नै छन् । श्रीलंका भ्रमणमा गएका राजेश पुलामी टीममा पर्न सकेनन् भने रामनरेश गिरी र राहुल विक पनि टोलीमा अटाएनन् । राजेशले श्रीलंकामा दुर्इ तीनदिवसीय खेलेका थिए । एक पारीमा ९५ बनाएका उनी त्यसपछि चल्न सकेनन् । हङकङसँगको टी-२० मा डेब्यू गरेका उनी सस्तैमा आउट भएका थिए ।

टोलीमा ज्ञानेन्द्र मल्ल उप्पतान छन् भने बसन्त रेग्मी, शक्ति गौचन, सागर पुन, सोमपाल कामी, सुवास कखुरेल, विनोद भण्डारी, नरेश बुढायर छन् । यस्तै शरद भेसवाकर, अमृत भट्टराई, आफरि शेख र भुवन कार्कीले पनि टोलीमा स्थान बनाएका छन् । मेहबुब, रामनरेश गिरी, राजेश र राहुललार्इ बैकल्पिक खेलाडीमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: