
रञ्जन अधिकारी पोखरा, २ पुस / तीन वर्Èअघि बैतडीमा सामुहिक बलात्कारमा परी अदालतबाट फैसला उल्टाईएकी पीडित किशोरी पुजा बोहरालाई न्यायका लागि सरकारको ध्यानाकर्षण गराउँदै पोखरामा मैनबत्ती प्रज्ज्वलन गरिएको छ । मन्द विष प्रयोग गरी दुई जनाबाट भएको सामूहिक बलात्कार जस्तो जघन्य अपराधमा पुनरावेदन अदालत महेन्द्रनगरले बलात्कारीलाई उन्मुक्ति दिएपछि त्यसको विरोधम पोखराको चिप्लेढुंगामा बुधबार साँझ खबरदारी ¥याली सहित मैनबत्ती प्रज्ज्वलन गरिएको हो ।
यस क्षेत्रका ट्विटर प्रयोगकताको अभियानमा पोखरा स्थित अमरसिंह नमुना उच्च मावि, कन्या क्याम्पस लगायतका विद्यार्थीहरुको सहभागितामा कार्यक्रम भएको हो । उनीहरुले बलात्कारीलाई हदैसम्मको सजाय दिईनुपर्ने, पदको मर्यादा विपरित फैसला गर्ने न्यायाधीशलाई निश्कासन गर्नुपर्ने, पीडितलाई उचित न्याय दिईनुपर्ने लगायतका नारा लगाएका थिए । ट्विटर प्रयोग गर्दै आएकी तनहुँकी सुस्मा सिग्देल, पोखरा बस्दै आएका सुमन ढुंगाना, कोशिश ओझा, कन्या क्याम्पसकी अनिशा, अमरसिंह उच्च माविकी संगीता बिक लगायतले यसरी नै बलात्कारीलाई उन्मुक्ति दिँदै जाने हो भने महिलाहरु असुरक्षित बन्ने भएकाले सरकारले तत्काल पूजा बोहराको मुद्धामा ध्यान दिनुपर्ने बताए । यस्ता अन्यायपूर्ण फैसलालाई सहेर युवा पुस्ता सहन नहुने भन्दै राज्यबाट भएका हरेक कमजोरीको खबरदारीका लागि युवाहरु यसरी नै जाग्नुपर्ने उनीहरुको भनाई छ । ‘युवाहरु सामाजिक सञ्जालमा भुलेर मात्र बस्नु हुँदैन ’ उनीहरुको सामूहिक धारणा थियो– ‘भोलि देश हाँक्ने युवाहरुले राज्यलाई खबरदारी, सहयोग सबै गर्न सक्नुपर्छ ।’
बलात्कारपछि मानसिक सन्तुलन गुमाएकी पूजा (रक्षा नेपालले दिएको नाम) बोहोरा उपचारपछि पूर्ण स्वस्थ बनेपछि उनले गत मंगलबार सञ्चारमाध्यममार्फत कानुनमन्त्रीलाई घटनाको बेलिबिस्तार लगाएर खुल्ला पत्र कोरेकी थिईन् । बलात्कार घटनामा दोÈी देखिएका दुवै युवालाई पुनरावेदनका तत्कालीन न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले गत वैशाख १५ मा सफाइ दिएको थियो । जिल्ला अदालत बैतडीले २०६९ फागुन २२ मासागर भट्ट र अमर अवस्थीले बोहोराको सामूहिक बलात्कार गरेको ठहर गर्दै १३ र १३ वर्È कैद सजाय र Ôतिपूर्तिको फैसला गरेको थियो । तर पुनरावेदनले फैसला उल्टाएको हो । २०६८ चैत ९ गते बैतडीको पाटन केन्द्ररबाट एसएलसी परीÔा दिइरहेकी १७ वर्Èीया छात्रामाथि सामूहिक बलात्कार भएको थियो ।
यसैबीच एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले उनलाई न्याय दिलाउन र पुजाको सपना साकार पार्न आफूले सक्दो प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफैं भेटेपछि फेसबुकमार्फत अपराधीलाई दण्डित नगरेसम्म संघर्È गर्ने र आफुजस्तै महिलालाई सहयोग गर्न वकिल बन्ने उनको अठोटले गर्वान्वित बनाएको उल्लेख गरेका छन् । २०६८ सालमा आफू प्रधानमन्त्री भएकै बेला घटनामा पीडित बोहराको उपचारका लागि तत्काल १ लाख उपलब्ध गराउन र संलग्न अपराधीलाई कारवाही चलाउन निर्देशन दिएको स्मरण गर्दै पुनरावेदन अदालतबाट अपराधीलाई निर्दोÈ सावित गरी कैदमुक्त गराउनु अन्यायपूर्ण भएको उनले बताएका छन् ।
भट्टराईसँग रÔा नेपालकी अध्यÔ मेनका थापाले पीडकहरु कैदमुक्त भएको समाचार देखेलगत्तै पीडित बोहरालाई सम्हाल्न आफूहरुलाई निकै अप्ठेरो परेको र बोहराले असाध्यै असुरÔित महसुस गर्न थालेको बताएकी छिन् ।
भेटलगत्तै भट्टराईले प्रधानन्यायाधीश तथा न्यायपरिÈद्का अध्यÔ रामकुमारप्रसाद साह, कानुन तथा न्यायमन्त्री नरहरी आचार्यसँग टेलिफोन गरी पीडित किशोरीलाई न्याय दिलाउन न्यायपरिÈद् र सरकारबाट आवश्यक कदमका लागि आग्रह गरेका छन् ।
तर, मुद्धामा फैसला सुनाउने पुनरावेदन अदालत महेन्द्रनगरका तत्कालीन न्यायाधीश नरबहादुर शाहीले प्रहरी अनुसन्धानमा खोट लगाउँदै प्रतिवादीले पनि प्रहरीदेखि अदालतसम्म कतै कसुर नस्विकारेको अवस्था र पीडितले नै आफूमाथि भएको घटनाको वारदात स्थल यकिनसाथ भन्न नसकेकोले यस्तो फैसला आएको बताएका छन् । तर, घटनापछि भने किशोरी मानसिक रुपमा विक्षिप्त अवस्थामा थिईन् । उनी उपचारपछि एसएलसीमा सहभागी भएर ७० प्रतिशतका साथ उच्च तह अध्ययनरत छिन् । परिवारसँग बस्न सक्ने अवस्थामा अझै छैनन् ।
Photo: Twitter

