विग एफएमको सर्वेक्षण फाराम भरेर १८ जनाले पाए कार्बन मोबाईल

Share:

रेम बिक /पोखरा, ३ पुस | औद्योगिक व्यापार मेलामा पुगेर विग एफएमको स्टलमा फर्म भर्ने स्रोताहरुमध्ये लक्की ड्र मार्फत कार्बन मोबाईल जितेका १८ जनाले कार्बन मोबाईल प्राप्त गरेका छन् । एफएमले विहिबार आयोजना गरेको औपचारिक कार्यक्रममा एलाईड ट्रेड लिंक ईन्टरनेशनल प्रालिका रिजनल सेल्स म्यानेजर गोविन्द बस्याल र विग एफएमका अध्यक्ष महेश भण्डारीले विजेताहरुलाई मोबाईल वितरण गरेका थिए ।

IMG_5619

मोबाइल प्राप्त गर्नेहरुमा गंगाप्रसाद न्यौपाने, समिक्षा राणा, रोशन पौडेल, खुश बिक, मनोज बुढामगर, समिक्षा गुरुङ, आशिकी भूर्तेल, केशव घिमीरे, रामहरी बस्ताकोटी, युनिक गुरुङ, अशोक सिंह धामी, अप्सरा मगर, जनक पौडेल, सबिना आले मगर, सल्म कर्ण, सरिता मगर, आशा पोखरेल र दिलीप जलारी रहेका छन् ।

मोबाईल वितरण गर्दै सेल्स म्यानेजर गोविन्द बस्यालले एफएमसँगको सहकार्यमा आफुहरुले गरेको ईभेन्ट निकै फलदायी भएको प्रतिक्रिया दिए । साथै आगामी दिनमा पनि एफएमका अन्य ईभेन्टहरुमा व्यवसायिक सहकार्य निरन्तर गरिरहने उनले प्रतिबद्धता जनाए ।

विग एफएमका अध्यक्ष महेश भण्डारीले स्रोता र व्यवसायिक कम्पनीहरुकै साथ पाएको कारण विग एफएमको उचाई निकै बढेको बताए । उनले आगामी दिनमा पनि एफएमले सबैबाट यस्तै सहयोगको अपेक्षा गरेको बताए । त्यस्तै विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले मेलामा सर्वेक्षण फाराम भर्नको लागि एलाईड ट्रेड लिंकको साथले स्रोताहरुको साथ अघिल्ला वर्षको भन्दा बढि प्राप्त गरेको बताए ।

मेलामा लक्की ड्र मार्फत विजेता बनेकाहरुले कार्बन कम्पनीका ‘के वान रक’ र ‘के ट्वान्टी टु प्लस’मोबाईल रहेका छन् । औद्योगिक व्यापार मेला अवधीभर ९ दिनसम्म स्रोताहरुले विग एफएमको स्टलमा पुगेर सर्वेक्षण फाराम भरेका थिए । विग एफएमले दिएको जानकारी अनुसार यो पटकको राष्ट्रिय औद्योगिक व्यापार मेलामा ४२ हजार जनाले विग एफएमको स्रोता सर्वेक्षण फाराम भरेका थिए । विग एफएमले हरेक वर्ष औद्योगिक व्यापार मेलामा स्टल राखेर मत सर्वेक्षण गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: