पोखरामा हक्की खेल शुरु, पहिलो दिन २ खेल सम्पन्न

Share:

सन्ध्या छिनाल, ३ पुस । राष्ट्रिय लेखा परिषद्का सदस्य यूवराज लामाले हक्कि खेलको विकासका लागि त्रिपक्षिय साझेदारीमा अगाडि बढ्नुपर्ने बताएका छन् । पोखराको नगर परिषद् केन्द्रको खेल मैदानमा विहिबारदेखि शुरु भएको हक्की प्रतियोगिताको उद्घाटन गर्दै उनले हक्की खेलको विकासका लागि हक्की संघ, प्रशिक्षक र खेलकुद परिषद्को साझेदारीमा अगाडि बढ्नुपर्ने बताए ।

hockey

उनले हक्की खेल संरक्षणका लागि मात्र नभएर यसलाई प्रतियोगिताको रुपमा विकास गर्न भौतिक संरचना निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए । हक्कीको विकासका लागि विद्यालय स्तरबाटै पुर्वाधार सहित प्रशिक्षणको व्यवस्था गर्नुपर्ने उनले बताए । राष्ट्रिय खेलकुद परिषद्ले हक्की खेलका लागि विराटनगरमा मैदान निर्माण गर्न जग्गा छुट्टाईसकेको उनले जानकारी दिए ।

सदस्य सचिव लामाले पोखरालाई अन्तराष्ट्रिय खेलकुद केन्द्रको रुपमा विकास गर्न राज्यले लगानी गर्नुपर्नेमा जोड दिए । नेपाल हक्की संघका महासचिव अनिल शर्माले भौतिक पुर्वाधारको अभावमा हक्की खेलको विकास हुन नसकेको बताए ।

कार्यक्रममा नेपाल हक्की संघ कास्कीका अध्यक्ष हिमाल खड्का, सचिव एकराज गिरी लगाएतले बोलेका थिए ।

विहिबार भएको उद्घाटन खेलमा दुई वटा खेल सम्पन्न भएका छन् । मध्यपश्चिमाञ्चल र नेपाल आर्मी बिच भएको पहिलो खेलमा ५–१ को गोल अन्तरले आर्मीले विजयी शुरुवात ग¥यो । आर्मीको जितमा राम शाहले ३, अनिल श्रीवास्तव र शामुयल राईले १÷१ गोल गरे । मध्यपश्चिमाञ्चलको तर्फबाट जुबेर हलुवाईले १ गोल गरे ।

पुर्वाञ्चल र पश्चिमाञ्चलबिच भएको दोस्रो खेलमा २–१ गोल अन्तरले पुर्वाञ्चलले जित हात पा¥यो । पुर्वाञ्चलको जितमा द्रोण निरौला र जगदिश मन्डीले १÷१ गोल गरेका थिए ।

प्रतियोगिता अन्तरगत शुक्रबार नेपाल आर्मी र सुदुर पश्चिमाञ्चलबिच पहिलो खेल हुने आयोजकले बताएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार र सान्तवनाले १० हजार रुपैँया नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई नगद ५÷५ हजार रुपैँया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: