फुजेल हत्याकाण्डका अभियुक्त रामप्रसाद अधिकारी काठमाडौंबाट पक्राउ

Share:

पौष ६,काठमाडौं\ गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणमा संलग्न भएको अभियोग लागेका रामप्रसाद अधिकारीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति काठमाडौंको बालाजुबाट पक्राउ गरेको छ ।

Nanadprasad_Gangamaya_346173683

सशस्त्र द्वन्द्वको समयमा कृष्णप्रसादलाई चितवनबाट अपहरण गरेर हत्या गरेको अभियोगमा गोरखाको फुजेल गाविस–७ का अधिकारीमाथि जिल्ला अदालत चितवनमा कर्तव्य ज्यान मुद्धा चलिरहेको छ ।

लामो समयदेखि फरार उनलाई जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक रुगमबहादुर कुवँर नेतृत्वको टोलीले पक्राउ गरेको हो । अधिकारीलार्इ शनिबार राति नै चितवन पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टि गरेको छ ।

पीडित परिवारले किटाणी जाहेरीमा उल्लेख गरिएका फुजेलकै अन्य अभियुक्त रामप्रसाद अधिकारी र परशुराम अधिकारीलाई करिब एक महिना हिरासतमा राखेर प्रमाण अभाव भएको भन्दै तारेखमा रिहा गरेको थियो ।

अधिकारीको हत्यामा संलग्न अभियोगमा पक्राउ परेका छविलाल पौडेल र भीमसेन पौडेललाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । भाइको हत्यामा संलग्न भएको भन्दै कृष्णप्रसादका दाजु नुरप्रसादले ११ जना विरुद्ध प्रहरीमा किटाणी जाहेरी दर्ता गराएका थिए ।

छोराका हत्यारामाथि कारबाही माग गर्दै अनसन बसेका बाबु नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा गत ६ गते ज्यान गएको थियो । उनी ३३२ दिनदेखि लगातार अनशनरत थिए । उनकी पत्नी गंगामायाको भने अनशन तोडिएको थियो । गंगामायाले ३५९ दिन लामो अनसनपछि गत कात्तिक १ गते अनसन तोडेकी थिइन् । उनी हाल बीर अस्पताममा उपचाररत छिन् ।

कमेन्ट गर्नुहोस्
Share: