पौष ६ , काठमाडौं : स्पेनिस क्लब रियाल मड्रिडले क्लब विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । शनिबार राति मोरक्कोमा भएको फाइनल खेलमा रियालले अर्जेन्टिनाको दक्षिण अमेरिकन प्रतिद्वन्द्वी सान लोरेन्जोलाई २–० ले हराउँदै उपाधि उचालेको हो ।
रियाललाई उपाधि दिलाउने क्रममा रामोसले ३७ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि सेकेन्ट हाफको शुरुमै बेलले गोल गरेपछि रियालले यो सिजनमा दोस्रो उपाधि चुमेको हो ।
अन्तरमहादेशीय च्याम्पियन क्लबहरुबीच हुने यो प्रतियोगिताको फाइनलमा रियाललाई उपाधि दिलाउने क्रममा सर्जियो रामोस र ग्यारेथ बेलले गोल गरे ।
यो सिजन उत्कृष्ट लयमा रहेको रियालले च्याम्पियन्स लिग र स्पेनिश ला लिगामा पनि लगातार जित निकाल्दै आएको छ । कार्लो एन्टोलोट्टीको प्रशिक्षणमा रहेको रियालले गत सिजन युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको हो । लोरेन्जो दक्षिण अमेरिकन च्याम्पियन हो ।

