काठमाडौं, पौष ६ । पेट्रोलियम पदार्थको घटेको मूल्य लागू नगरी पुरानै मूल्यमा तेल बेच्दै आएको पेट्रोल पम्पमाथि कारबाही गरेको विरोधमा राजधानीको कालिमाटीस्थित सीता केयरका कामदार प्रदर्शनमा उत्रेका छन् ।
वाणिज्य विभागले उक्त पेट्रोल पम्पका दुइ कर्मचारीलाई पक्राउ गरी कारबाही थालेको छ । नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनले पनि कर्मचारीको आन्दोलनमा समर्थन जनाएको छ । संघका महासचिव विश्वप्रसाद अर्यालले अनुगमनका क्रममा विभागका कर्मचारीले आफ्ना कर्मचारीमाथि आक्रमण गरेको दाबी गरे ।
यता, विभागका प्रवक्ता हरिनारायण वेलवासेले भने कालोबजारी ऐन अनुसार पक्राउ परेका व्यक्तिलाई कारबाही गर्न लागेपछि त्यसलाई विथोल्न पम्प बन्द गरिएको भन्दै विरोधबाट कारबाही नरोकिने बताए ।
कमेन्ट गर्नुहोस्

