न्युयोर्कमा बन्दुकधारीद्धारा दुई प्रहरीको हत्या

Share:

काठमाडौं, पौष ६ । अमेरिकाको न्युयोर्क शहरमा एक बन्दुकधारीको गोली प्रहारबाट दुई जना प्रहरी मारिएका छन् । गस्तीमा रहेको प्रहरीnewyorkfinalको गाडीभित्र रहेका दुई प्रहरीलाई २८ वर्षीय बन्दुकधारी इस्मायील ब्रिन्स्लेले गोली प्रहार गरेको बताइएको छ ।

गोली प्रहार लगत्तै अस्पताल पुर्‍याइएका प्रहरीहरु वेन्जीयान लिउ र राफेल रामोसलाई  अस्पतालले मृत घोषित गरेको हो । गोली प्रहार लगत्तै शववे स्टेशनतर्फ भागेका बन्दुकधारीले आफैलाई समेत गोली हानी आत्महत्या गरेका छन् । घटना लगत्तै न्युयोर्कभर सुरक्षा ब्यबस्था कडा गरी अनुसन्धान थालिएको छ ।

न्युयोर्कका प्रहरी कमिस्नर बील ब्राटनले बन्दुधकारीले प्रहरीलाई बर्दीकै लागी निशाना बनाएको बताएका छन् । न्युयोर्क शहरमा गोली प्रहारका घटना बारम्बार हुने गरेपनि प्रहरी अधिकारीलाई निशाना बनाईएको भने सन् २०११ पछिको यो पहिलो घटना हो ।

कमेन्ट गर्नुहोस्
Share: