मुआब्जा बितरण बिधि र प्रक्रिया अनुसारनै हुन्छ– अर्थमन्त्री , बिवाद नगर्न आग्रह, लगानीकर्ता फिर्ता हुने खतरा

Share:

गोकुल बानियाँ, पोखरा ७ पुस । अर्थमन्त्री डा. रामशरण महतले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणका क्रममा देखिएको मुआब्जा बिबाद विधि र प्रक्रिया अनुसार टुङ्गयाउनुपर्ने बताएका छन् । स्थानिय बिबादको कारण निर्माण कार्यमा प्रतिकुल असर पर्ने तर्फ उनले सचेत गराउदै उनले अनाबश्यक बिवाद नगर्न आग्रह गरे ।

Copy of ramsharan mahat

प्रेस युनियन कास्कीले सोमवार पोखरामा गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले भने ‘ बिबाद भए बिमानस्थल निर्माणमा ढिलाई हुन सक्छ, प्रतिकुल असर पर्छ । ’ स्थानिय बिबादको कारण लगानीकर्ता भाग्ने खतरा रहेकाले सतर्क रहन उनले आग्रह गरेका छन् । चीनबाट सकारात्मक जवाफ आउने बित्तिकै निर्माण कार्य सुरु हुने उनले बताए ।

उनले तनहुँ जलबिद्युत आयोजनामा देखिएको बिबाद अन्त्य गर्दै तत्काल निर्माणको चरणमा लैजाने प्रतिबद्धता जनाए । केहि जटिलताहरु देखिएको भएपनि निर्माण कार्य कघि बढ्ने उनले आश्वासन दिएका छन् । राजनितिकरणले स्थानिय स्तरमा अनाबश्यक बिबाद सिर्जना गर्दा ठूला आयोजनाहरु प्रभाबित हुदै आएको र लगानीकर्ता समेत फिर्ता हुने खतरा रहेको तर्फ उनले सचेत गराएका छन् ।

अर्को प्रशंगमा अर्थमन्त्री महतले माघ ८ मै संबिधान निर्माण गर्नुर्ने बाध्यकारी आबस्था नरहेको जिकिर गरेका छन् । संबिधान निर्माणको लागि निर्धारित मिति माघ ८ नैतिक बन्धन मात्रै भएकाले ढिलाई हुन सक्ने उनले बताए । उनले माघ ८ गतेनै संबिधान निर्माण गर्नुपर्छ नभए सबै कुरा सकियो भन्ने कुनै कारण नरहेको बताए । संबिधान निर्माणको लागि निर्धारित मिति आउन एक महिना मात्रै बाकी रहेको अबस्थामा उनले २÷४ महिना ढिला हुदैमा केहि फरक नपर्ने दाबि गरे ।

निर्धारित समयमा संबिधान जारी हुन नसके प्रतिपक्ष दल बढी दोषी हुने उनले बताए । समग्रमा नैतिक जिम्मेवारी सबैले लिनुपर्ने भएपनि प्रक्रियामा गएर माघ ८ मै संबिधान जारी गर्ने सत्तारुढ दलको प्रस्तामा बिरोध गर्ने प्रतिपक्ष दलहरु दोषी देखिने उनले स्पष्ट पारेका छन् । प्रतिबद्धता जनाउने तर पुरा नगर्ने नेपाली राजनिति दलको संस्कारनै भैसकेको उनले बताए ।

तत्काल सरकार परिबर्तनको कुनै संभाबना नरहेको उनले भन्दै उनले संबिधान निर्माण हुने बित्तिकै बर्तमान प्रधानमन्त्रीले् राजिनामा दिने उल्ले गरे । ‘ कतिपयलाई सत्ताकै खेलमा मज्जा आउछ ’ , उनले भने ‘ संबिधान निर्माण अहिलेको प्रथामिकता हो , त्यस्ता कुनै खेल सफल हुनेछैन । ’

कमेन्ट गर्नुहोस्
Share: