गाडी चलाउने साउदी महिलालाई आतङ्ककारी बिल्ला

Share:

रियाद, पुस १०  / साउदी अरेबियाकी एकजना महिलालाई सवारी हाकेको आरोपमा आतङ्कवादी अदालतमा पठाइएको छ । साउदी अरेबियामा महिलालाई आफैले सवारी चलाउन अनुमति छैन। उनलाई कानुन विपरीत काम गरेको भन्दै विगतदेखि नै थुनामा राखी अनुसन्धान गरिएको थियो ।

बिहीबार प्राप्त समाचारअनुसार ती महिलालाई सोही आरोपमा नै साउदी अरेबियाकै आतङ्कवादी क्रियाकलाप हेर्ने अदालतमा पठाइएको छ । उनलाई आज सो अदालतमा उपस्थित पनि गराइएको समाचारमा जनाइएको छ ।

timthumb

साउदी अरेबियाको पूर्वी प्रान्त अल आसामा रहेको सो अदालतमा उनको बिहीबार सुनुवाई समेत भएको नाम नबताउने सर्तमा एक मानवअधिकारवादीले जानकारी दिएका छन् ।

लाउजैन हाथलाउल नाम गरेकी ती साउदी महिलाले सवारी चलाएको आरोपमा यही डिसेम्बर १ मा पक्राउ गरिएको थियो । उनले साउदी अरेबियामा कायम रहेको महिलाले सवारी हाक्न नपाउने प्रावधानको विरोध गर्दै आएकी थिइन् । उनले साउदी अरेबियामा महिला अधिकारका पक्षमा पनि बोल्दै आएकी थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: