`सुवासको आचरण मन परेन` : अनिता आचार्य

Share:

काठमाण्डौं, १० पुस /अभिनेता आर्यन सिग्देलले अर्का कलाकार सुवास थापाले आफूलाई क्यारिकेचर गर्ने कलाकार भनेकोमा जवाफ दिए लगतै अभिनेत्री अनिता आचार्यले पनि सुवाससँग अब कुनै फिल्म नगर्ने उद्घोष गरेकी छिन् ।

यहि पौष २५ गते रिलिज हुन लागेको फिल्म ‘अलबिदा’की अभिनेत्री अनिताले ‘सरी ल’ फिल्ममा सुवाससँग पहिलो पटक काम गरेकी थिइन् । तर, सुवासको व्यवहार आफूलाई मन नपरेकाले अब कुनै पनि फिल्ममा काम नगर्ने उनको भनाई छ । अनिताले भनिन्, ‘मलाई उहाँको आचरण नै मन परेन ।’

अनितका अनुसार सुवासले आफूलाई निक्कै चलेको कलाकार सम्झने र नयाँसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने ज्ञान छैन । फिल्म ‘सरी ल’को समयमा अनिताले चुम्बनको दृश्य नदिने बताउँदा सुवासले नयाँ कलाकार भएर भाउ नखोजी मागेको दृश्य दिनुपर्छ भनेका थिए । यहि कारणले नै सुवास र अनिताको सम्बन्ध विग्रिएको वुझिन्छ ।

anita and subash
फिल्म ‘सरी ल’को एक दृश्यमा अनिता आचार्य र सुवास थापा

‘मैले फिल्म गर्नु पूर्व नै बेड सिन र किस सिन दिन सक्दिन भनेर एग्रिमेण्ट गरेको थिएँ । निर्देशकले भन्न नसकेको कुरा एउटा कलाकारले भन्न सुहाउँछ त ?’, अनिता कड्किईन्, ‘उहाँसँग अरू कुनै समस्या छैन । यति हो कि अब उहाँसँग फिल्ममा एकसाथ काम गर्न सक्दिन ।’

Filmykhabar.com

कमेन्ट गर्नुहोस्
Share: