बिमानस्थल मुआब्जा बिबाद समाधानको प्रयास

Share:

भगवति सापकोटा/ बिद्यार्थी पत्रकार / पोखरा १० पुस । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थलको लागि थप जग्गा अधिग्रहणको क्रममा देखिएको मुआब्जा बिबाद समाधान गर्न सरोकारवालाहरु सक्रिय भएका छन् ।

नागरिक समाज पोखराले बिहिवार अन्तरक्रियाको आयोजना गरी आन्दोलनरत पक्ष र सरोकारवाला अन्य पक्षलाई एकै स्थानमा राखेर समाधानको उपाय खोज्ने प्रयास गरेको हो । पोखरा १४, १५ र १८ का स्थानिय जग्गाधनी र प्रशासनको बिचमा संबाद हिनताको अबस्था आएको बेला नागरिक समाजले संवाद र सहमतिको बाताबरण निर्माणको पहल सुरु गरेको हो ।

अन्तरक्रियामा पोखरा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थल जनसरोकार संघर्ष समितिका संयोजक बलराम कुवरले उचित मुआब्जा दिए आफुहरु बाधक नबन्ने बताए । उचित स्थानमा जग्गाको साटो जग्गा वा चलनचल्तीका मुल्यमा मुआब्जाको मागमा अडिग रहेको उनले बताए । स्थानिय प्रशासन र राजनितिक दल जग्गाधनीको माग सम्बोधनको लागि जिम्मेवार नदेखिएको उनले बताए । क्षेत्रिय प्रशासक र प्रमुख जिल्ला अधिकारीको कारण अबरोध उत्पन्न भएको उनिहरुले आरोप लगाए ।

बिमानस्थल निर्माण उच्चस्तरिय सहयोग समितिका संयोजक एबं सभासद् रबिन्द्र अधिकारीले समस्या समाधानको लागि आफु सक्रिय भएको बताए । उनले समितिबाट आफुले राजिनामा दिदा समस्या समाधान हुने भए तत्काल राजिनामा दिन तयार रहेको समेत बताए ।  बिद्यमान जग्गा प्राप्ती सम्बन्धि ऐनका कारण समस्या भएको र ऐन संसोधनको लागि अझै ५÷६ महिना कुर्नुपर्ने उनले बताए । मुआब्जा रकम बृद्धिको बारेमा मन्त्रीपरिषद्बाट निर्णय गराउनुको बिकल्प नरहेकाले स्थानिय बासी सहित केन्द्रमा डेलिगेसनको लागि जानुपर्ने उनले बताए ।

संबाद र छलफलबाटै समस्या समाधान हुने भएकाले एक अर्कोलाई अरोप प्रत्यारोपमा नउत्रिन उनले आग्रह गरेका छन् । सभासद् शारदा पौडेलले बिमानस्थलको जग्गा मुल्याङ्कनको सुरुवाती क्रममै त्रुटी भएको बताइन् ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्बअध्यक्ष आनन्दराज मुल्मीले माग पुरा गराउन निर्माण कार्य रोक्न नहुने बताए । स्थानियको माग जायज भएको भन्दै उनले संबादबाटै माग सम्बोधनको लागि पहल गर्नुपर्नेमा जोड दिए । मुआब्जा बितरणको मुद्धा राजनितिक नभएको तर राजनितिकरण गर्न खोजिएको उनले बताएका छन् ।

मुआब्जा बितरण समन्वय समितिका संयोजक एबं पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थापाले स्थानिय प्रंशासन संग निरन्तर छलफल भैरहेको र सरकारी मापदण्ड भन्दा बढी दिन नसक्ने प्रशासनिक उडान रहेको सुनाए ।

कायक्रममा बोल्ने कास्कीका राजनितिक पार्टीका प्रमुख एबं प्रतिनिधिहरुले स्थानियको माग सम्बोधन गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । कांग्रेस कास्कीका सचिब कृष्ण केसीले स्थानियको माग र सरकारले अहिले तोकेको दररेट दुबै ठिक नभएकाले बिचको बाटो खोज्नुपर्ने बताए ।  एमाओबादी कास्कीका अध्यक्ष दिपक कोईरालाले सरकार बढी जिम्मेवार हुनुपर्ने बताए । स्थानिय प्रशासन समस्या समाधान भन्दा पनि बिबाद बढाउने तिर लागेको उनको आरोप छ । बिमानस्थल निर्माणको लागि थप ६ सय २९ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएपनि मुआब्जा रकम कम भएको भन्दै स्थानियले बिरोध जनाईहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: