अन्र्तराष्ट्रिय कानुन प्रयोगगर्न नसक्दा उद्योग÷व्यवसाय फस्टाउन सकेनन् – मन्त्री पराजुली

Share:

रञ्जन अधिकारी पोखरा, १२ पुस।  कृषि मन्त्री हरिप्रसाद पराजुलीले सन् २०२२ सम्ममा मुलुकलाई बिकसित राष्ट्र बनाउने उदेश्यमा पुग्न कृषि क्षेत्रको विकास युद्वस्तरमा गर्नुपर्ने बताएका छन्। पोखरा – १७ महतगौडामा संचालनमा ल्याइएको हिमालयन मिट्स प्रा.लिको शनिवार उद्घाटनगर्दै उनले कृषि क्षेत्रको विकास बिना मुलुकको विकास असम्भव रहेकोभन्दै विकसित राष्ट्र बन्नका लागि कृषिको विकासलाई युद्वस्तरमा अगाडी बढाउनुपर्ने बताए ।

Hari-Pd-Parajuli

मन्त्री पराजुलीले कमजोर मुलुक भएका कारण नेपालले अन्र्तराष्ट्रिय कानुन प्रयोगगर्न नसक्दा उद्योग÷व्यवसाय फस्टाउन नसकेको बताए। हामी कमजोर छौ, भारतसँग पैठेजोरी खेलेर अन्र्तराष्ट्रिय कानुन प्रयोग गर्न सक्दैनौ उनले भने – जसलेगर्दा केहि कृषिजन्य उत्पादन निकासी गर्न खोज्दा भारतमा नै कुहिन्छ र पछि निर्यात गर्न आँट नै गर्न सक्दैनौ।

उनले मासु ऐन – २०५५ लाई शंसोधन गरी कडा कानुन बनाउन सके मासुको अव्यवस्थित विक्री वितरणमा कमी आउने उल्लेखगर्दै तत्काल अव्यवस्थित मासु पसलको नियमन गर्ने तयारी भैरहेको जानकारी दिए। कृषि मन्त्री पराजुलीले नेपाल सन् २०१८ पछि फुड सेफ्टी कानुन कार्यन्वयन गर्न बाध्य हुने बताए।

सभासद् रवीन्द्र अधिकारीले कृषिलाई निर्वाहमुखी नभई व्यवसायमुखी बनाउन आवश्यक रहेको बताए। उनले समयको परिवर्तनसँगै कृषिमा पनि क्रमशः औद्यौगिकिकरण जरुरी भएको बताए।

पशु सेवा विभागका महानिर्देशक केशव प्रेमीले नेपालमा पंक्षिपालन नै निर्यात र आत्मनिर्भरको सम्भावना भएको क्षेत्र भएको बताए। व्यवसायीक कृषि तथा व्यापार आयोजनाका प्रशासकीय अधिकृत गणेशकुमार श्रेष्ठले स्वास्थ्य नै धन भएकोभन्दै गुणस्तर मासु प्रयोगमा ध्यानदिनुपर्ने बताए।

पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य सङ्घका अध्यक्ष संजीवबहादुर कोइरालाले सम्भावनाको क्षेत्रमा निजी क्षेत्र लगानी गर्न तयार रहेको बताए।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बाबुराम गिरीले नयाँ मासु उद्योग संचालनसँगै पोल्ट्रि व्यवसायमा नयाँ आयाम थपिएको बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेलले अस्तव्यस्त मासु पसल र फोहोरस्थानमा पशुपंक्षि बध गरिदाँ पोखराको सुन्दरताका समेत असर परेको बताए।

हिमालयन मिट्स प्रा.लिका अध्यक्ष तेजबहादुर भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो । पोखरामा रहेर विभिन्न व्यवसायमा संलग्न रहेका ३४ जनाको समुहले सात करोडको लगानीमा सो मासु उद्योग संचालनमा ल्याएका हुन्।

कमेन्ट गर्नुहोस्
Share: