
काठमाडौं, पौष १४ । नेपाली लामो दूरीका अल्ट्रा म्याराथन धावक एवं कीर्तिमानी पर्वतारोही संजय पण्डितलाई सरकारले सम्मान गरेको छ । खेलकुद मन्त्रालयमा सोमबार भएको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, खेलकुद सचिव दीपेन्द्रनाथ शर्मा तथा सहसचिव चुडामणि पौडेलले तीन लाख रुपैयाँसहित सम्मान गरेका हुन् ।

पण्डितले गत महिना अष्ट्रेलियाको सर्वोच्च शिखर माउन्ट कोजियस्को उल्टो हिँडेर विश्व कीर्तिमानको दावेदारी पस्केका थिए ।
पण्डितले अल्ट्रा साहसिक दौडको माध्यमबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, किलर माउन्टेन भनेर चिनिने मनास्लु, अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जारो, यूरोपको सर्वोच्च शिखर एलब्रुस, तथा अष्ट्रेलियाको उच्च शिखर कोजियस्कोको सफल आरोहण सम्पन्न गरिसकेका छन् ।
पण्डितले किलिमान्जारोमा दक्षिण एसियाली तीव्रगतिका धावक आरोहीका रुपमा, युरोपको सर्वोच्च शिखर एलब्रुसमा अर्धनाङ्गिर ६ मिनेट ३ सेकेन्ड रहेर तथा अष्ट्रेलियाको कोजियस्को शिखरमा उल्टो हिँडेर कीर्तिमान रचिसकेका छन् ।
