
लगतै युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सब पनि हुदैछ । बिभिन्न स्थानमा बिभिन्न संघसंस्थाको आयोजनामा बिभिन्न नाममा मेला महोत्सब हुदै आएका छन् । कुनै निश्चित समय र स्थानमा हुने मेला महोत्सब उपभोक्ता मूखी बन्न नसकेको गुनासो थुप्रै सुनिन्छन् ।
उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोईराला भन्छन्– ‘मेला महोत्सब ब्यबशाय प्रबद्र्धनको लागि आयोजना गरिन्छ न कि त्यहि मौका छोपेर कालोबजारी गर्न र उपभोक्ताको ढाड सेक्ने गरी चर्को मुल्य असुल्न होइन । ’ मनपरी मुल्य असुलीको चर्को आरोप खेपेको पोखरा सडक महोत्सबको १६ औं संस्करण लेकसाईडमा चलिरहेको छ । सडक महोत्सब हेर्न र नयाँ बर्ष मनाउन पोखरा आउने पर्यटकसंग लेकसाईडमा होटल रेष्टुरेण्टले मनपरी मुल्य असुलेको गुनासो यसअघिका महोत्सबमा सुनियो ।
यो बिशेष अबसरमा एकातिर पर्यटकलाई छुट दिने ब्यबशायी संगठनले बताउछ अर्को तिर ब्यक्तिगत रुपमा तिनै ब्यबशायीले मनपरी शुल्क असुल्छन् । पाच दिनको लागि सडकमा टेबुल कुर्सी झारेका ब्यबशायी हुन् वा अन्य सबैको ध्याउन्न यो अबधिलाई कसरी नाफामुखी बनाउने भन्नेमै हुन्छ ।
यस्ता ब्यबशायीलाई यस बर्ष भने कडाई गरिएको आयोजक रेष्टुरेण्ट एण्ड वार एसोसिएसन रेवान पोखराका अध्यक्ष गोपी बहादुर भट्टराईले बिगएफएमलाई बताए । मुल्य सुची नभएका र अस्वभाबिक मुल्य असुलेमा खबर गर्न उनले आग्रह समेत गरेका छन् ।
यसअघिको अभ्यासलाई हेर्दा पर्यटकको चाप बढेसंगै भरिभराउ हुने होटलले पनि मौकामा चौका हान्ने सुर कस्छन् र १५ सयको कोठालाई ५ हजार सम्म असुल्छन् । लेकसाईडमा बर्सेनी होटल थपिएका छन् । कोठा अभाब हुने कुनै संभाबनानै छैन । तर अभाब देखाएर बढी मुल्य असुल्ने होटल ब्यबशायीमाथि उनिहरुकै छाता संस्था होटल संघले त्यसो नगर्न र गरेको उजुरी परेमा कारबाही गर्ने चेतावनी दिएको छ ।
‘ हरेक क्षेत्रमा बिकृति बिसंगति हुन सक्छन् तर त्यसलाई न्यूनिकरण गर्दै अघि जाने कुरा हो ’ , पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरि शर्मा गैह्रेले भने – ‘ आउदा दिनमा त्यस्ता चिनारी नरहने गरी कहि कतै चर्को मुल्य असुले संघको हन्टिङ लाईनमा सम्पर्क गर्न सकिनेछ । ’
ब्यबशाय प्रबद्र्धनको लागि आयोजना गरिने मेला महोत्सबको स्टल उपभोक्ता ठग्ने र बढी मुल्य असुल्ने थलोका रुपमा चिनिन थालेको उपभोक्ताबादीहरु बताउछन् । मेलाको स्टलबाट ब्यबशाय प्रबद्र्धन गरी त्यसको दिर्घकालिन लाभ लिनुको साटो मौका यहि त हो भन्ने प्रबृति ब्यबशायीमा हाबी भएको छ ।
मेला महोत्सबमा बिशेष छुटमा सामान खरिद गर्न पाईएला भन्ने आशमा पुगेका उपभोक्तालाई ब्यबशायीले ठग्ने गरेको गुनासो ब्यबशायी संगठन सम्म नपुगेको होईन । पोखरा उद्योग बाणिज्य संघका महासचिब रबिन्द्र बहादुर प्रजु आयोजक संस्थानै बढी जिम्मेवार हुनुपर्ने बताउछन् । महोत्सबमा छुट अनिवार्य गर्नुपर्ने उनले बताए । सडकमै टेबुल कर्सी राखेर रेष्टुरेण्टले लिने शुल्क सहि नभएको उनले बताए ।
‘ जुन संघसंस्थाले मेला महोत्सब आयोजना गर्छ त्यसले आफुले उपलब्ध गराएको स्टलबाट के कसरी करोवार भैरहेको छ भन्ने जानकारी राख्नु अत्याबश्यक छ ’ प्रजुले भने ।
उत्पादक र उपभोक्ताको सम्पर्क स्थापित गराउने मेला महोत्सबको शाख ब्यबशायीले गर्ने मनोमानीले गिर्न दिन नहुने सरोकारवालाहरुले बताएका छन् । ‘ पर्यटक भित्र्याउन रेवानले गर्ने सडक महोत्सब होस् वा उद्योगी ब्यपारीको छाता संस्थाले गर्ने अन्य महोत्सब । महोत्सब सञ्चालनको क्रममा देखिने यस्ता बिकृतिलाई रोक्न सकिएन भने त्यो मेलाको अबिश्य र औचित्य माथिनै प्रश्न चिन्ह् उब्जिन्छ । ’ एक अधिकारकर्मीले बिगएफएमसंग भने ।
