पोखरामा सिद्धार्थ बैंकको मोवाईल एटिएम सेवा , सडक महोत्सब भित्रै एटिएमबाट पैसा झिक्न सकिने

Share:

धन बस्नेत , पोखरा १४ पुस । ‘ पैसा सिद्धियो ? एटिएम पनि उपलब्ध छैन् ? नआत्तिनोस । पोखरामा मोवाईल एटिएम सेवा उपलब्ध छ । कुनैपनि बैंकको एटिएम काउण्टरमा धाएर पैसा निकल्नुपर्ने बाध्यता टरेको छ ।

सिद्धार्थ बैंकले मंसिर महिनामा पोखरा भित्र्याएको मोवाईल एटिएम अहिले लेकसाइडमा जारी सडक महोत्सबमा छ । बैंक घर घरमा पुग्न थालेको छ । घर आँगनमै बसेर चाहेजति पैसा झिक्न सकिने अवस्था सृजना भएको छ । ‘ बैंक घरदैलोमा पुग्नुपर्छ’ भन्ने अभियानलाई सिदार्थ बैंकले पुरा गरेको हो । मोवाईल बैंकिङ सुविधा बैंकहरुले दिईरहेका छन् तर सिदार्थ बैंकले मोवाइल एटिएम सुविधा ल्याएको हो ।

मोवाईल एटिएम सुविधा नेपालमै पहिलो हो । मोवाईल(घुम्ती)एटिएम सेवालाई सिदार्थ बैंकले पोखरामा ‘ ब्राण्डिङ ’ गरिरहेको छ । यसको औपचारिक शुरुवात नै पोखराबाट गरिएको सिदार्थ बैंक पोखरा शाखाले जनाएको छ । ‘ मोवाईल एटिएम सेवा नेपालमै पहिलो हो ’ पोखराको सभागृहचोकमा रहेको सिदार्थ बैंक पोखरा शाखाका मेनेजर हरिप्रसाद तिमिल्सिनाले भने— ‘ पोखरामा औपचारिक शुरुवात गरी काठमाडौं लैजाने छौं । काठमाडौंपछि केही दिनको लागि भैरहवामा पु¥याउने योजना छ ।’

बैंकले अहिले एउटा मात्रै मोवाईल एटिएम सेवा शुरु गरेको छ । एटिएम सेवा विशेष गरी मेला महोत्सवमा उपलब्ध गराई ग्राहकलाई सुविधा दिने योजना रहेको उनको भनाई छ । बैकिङ कारोबार गर्ने सर्वसाधारणलाई भने पैसाको संकटको बेला अति उपयोगी हुने विश्वास गरिएको छ । एटिएम सुविधा नभएको स्थानमा मोवाईल सेवा अझ प्रभावकारी हुने बैंकले जनाएको छ ।

‘ बैंक घर आउँदैछ’ भन्ने अभिप्रायलाई सार्थकता दिने प्रयास गरिरहेको शाखाका मेनेजर तिमिल्सिनाले बताए । ‘ एटिएम सुविधा नभएको ठाँउमा सहज हुने विश्वास छ’ उनले भने ‘ एटिएम भएको ठाँउ खोज्दै हिड्नुपर्ने बाध्यता आउदैन् ।’ एटिएममा सिदार्थ बाहेक अन्य बैंकका एससिटी कार्डको पनि प्रयोग गर्न सकिने छ ।

मोवाईल एटिएमको लागि बैंकले ५० लाख रुपियाँ खर्च गरेको छ । एटिएम मेशिनलाई सवारी साधनमा एट्याच गरेर सुरक्षित बनाइएको उनले जानकारी दिए । पोखरामा सिदार्थ बैंकको झण्डै दशहजार ग्राहक छन् ।

कमेन्ट गर्नुहोस्
Share: