
बलिउडको सवैभन्दा पूरानो र सवैभन्दा प्रतिष्ठीत अवार्डले परिचित फिल्म फेयर अवार्डस् मा नेपाली अभिनेता सुनील थापाको प्रतिष्पर्धा सम्भावना देखिएको छ ।
सर्पोर्टिङ रोल मेल तर्फको विद्यामा सुनीलले बढी भन्दा बढी भोट प्राप्त गरेको खण्डमा उनले आगामी संस्करणको ६०औँ फिल्म फेयर अवार्डस् मा ब्ल्याक लेडी ट्रर्फी उचाल्ने सम्भावना देखिएको हो ।
तर सुनीललाई अवार्डको उत्कृष्ट पाँच मनोनयनमा पुर्याउन तपाईको भोटको आवश्क्ता रहेको छ । सञ्जय लिला भन्सालीले निर्माण गरेको मेरी कोम फिल्ममा प्रियंका चोपडाको बक्सिङ गुरु भएर खेलेका थापालाई धेरै भन्दा धेरै भोट मिलेमा उनले समग्र नेपालीको सान बढाउने कुरामा दुई मत छैन् ।
यहि जनवरी ७ सम्मका लागि खुलेको अनलाईन भोटिङ अनुसार तपाईले आधिकारिक वेवसाईट www.awards.filmfare.com मा गई सर्वप्रथम Vote लेखिएको ठाँउमा क्लिक गरी क्रमश पाँचौ क्रममा लेखिएको 5. Best Actor Supporting Role Male शिर्षक अन्र्तगत रहेको पहिलो बक्समा Sunil Thapa र त्यस तलको दोश्रो बक्समा थापा अभिनित फिल्म Mary Kom टाईप गरी क्रमश Next गर्दै अन्त्य सम्म पुगी आफ्नो आधिकारिक ईमेल आईडी र नाम टाईप गरी भोट गर्नुपर्ने हुन्छ ।
भोट गर्नका लागि सुरु देखिको प्रक्रिया लामो लागेको खण्डमा 5. Best Actor Supporting Role Male मा सिधै क्लिक गरी अगाडी बढ्दै भोट गर्न सक्नु हुन्छ ।
३ दशक पश्चात बलिउड ब्याक भई पुनः प्रशंशा बटुल्न सफल थापा हाल मुम्बईमा परिवारका साथ बसिरहेका छन् । मुम्बईबाट न्यूज फिल्मीसंगको कुराकानीमा थापाले आउँदो जनवरी २० सम्ममा एक पटक काठमाण्डू आउँने र पुनः फर्किएर एक साउथ ईन्डियन प्रोजेक्टमा ब्यस्त हुने जानकारी दिएका छन् । गरौ भोट थापालाई र फिल्म फेयर अवार्डस् मा जिताऔँ उनलाई ।

