विवाह समारोहमा रकेट आक्रमण हुँदा १५ को मृत्यु

Share:

काठमाडौं, पौष १७ । अफगानिस्तानमा एक विवाह समारोहमा रकेट आक्रमण हुँदा १५ जनाको मृत्यु भएको छ । हेलमन्ड प्रान्तमा रहेको एक घरमा विवाह समारोहमा पाहुनाहरुलाई स्वागत गर्न भेला भएकाहरु माझ रकेट आक्रमण भएको बताइएको छ ।

afgfinal

घटनामा अरु ४० जना घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश महिला र केटाकेटी छन् ।

अफगानिस्तानका तालिवानले नेटो सेनाकोहार भएको बताउँदै अफगानिस्तानमा आफनो प्रभुत्व जमाउने ठोकुवा गरिरहेको बेला यो घट्ना भएको हो । घटनाको जिम्मेवारी भने कसैले लिएको छैन । (एजेन्सी)

कमेन्ट गर्नुहोस्
Share: