
रेम बिक पोखरा, १७ पुस । पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले अँग्रेजी नयाँवर्षको अवसर पारेर तीन दिनसम्म ६ जना स्रोताहरुलाई कार्बन मोबाईल बाँड्ने भएको छ । रेडियो गेम शो ‘कार्बन मोबाईल एसएमएस एन्ड विन’मा सहभागिता जनाउने स्रोताहरुमध्येबाट हरेक दिन लक्की ड्र मार्फत २ जनालाई मोबाईल दिईने एफएमले जनाएको छ ।
रेडियो गेम शो जनवरी १ देखि ३ तारिखसम्म चल्नेछ । कार्बन मोबाईलको वितरण गर्दै आएको कम्पनी एलाईड ट्रेड लिंक ईन्टरनेशनल प्रालिले रेडियो गेम शो लाई मुख्य प्रायोजन गरेको हो ।
‘हरेक अवसरलाई हामीले हाम्रा स्रोताहरुसँगै विशेष बनाउँदै आएका छौँ र, यो ईभेन्ट पनि त्यसैको निरन्तरता हो ।’ विग एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले भने–‘स्रोताहरुको सहभागिता हामीले सोँचेअनुरुप नै पाएका छौँ ।’
विग एफएमले तीन दिनसम्म हरेक दिन सोध्ने प्रश्नको उत्तर एसएमएसमार्फत दिएर स्रोताहरुले ईभेन्टमा सहभागिता जनाउन सक्नेछन् । सोधिएको प्रश्नको सहि उत्तर दिने स्रोताहरुमध्येबाट २ जनालाई कार्बन ब्राण्डको मोबाईल उपलब्ध गराईने एफएमले जनाएको छ । एसएमएसमार्फत सहभागिता जनाउनका लागि स्रोताहरुले BIG Space FM टाईप गरि A, B or C मध्ये सहि उत्तर छानेर ४३२१ मा पठाउनुपर्नेछ ।
