एमालेको आज पोखरामा कार्यकर्ता भेला

Share:

नवराज ढुङ्गाना-
पोखरा १६ पुस ।
नेकपा एमालेको जिल्लास्तरीय कार्यकर्ता भेला आजदेखि पोखरामा शुरु हुँदैछ ।
संविधान निर्माणमा भैरहेका बिषयमा जनतालाई जानकारी गराएर सचेत बनाउन भेला आयोजना गरिएको नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।
केन्द्रीय कमिटीको निर्णय अनुसार आज कास्कीसहित देशभरका विभिन्न १५ शहरमा एमालेले भेला गर्न लागेको हो ।
पोखरा सभागृहमा हुने भेलामा कास्कीका शाखा कमिटी तहका कार्यकर्ताहरुको सहभागिता रहनेछ ।
भेलालाई नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारी, निवाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी (प्यासी), सभाषद् रविन्द्र अधिकारी, सिता गिरी, स्वास्थ्यमन्त्री खगराज अधिकारी लगायतका नेताले सम्बोधन गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
Share: