चिसोले जनजीवन प्रभावित

Share:

नवराज ढुङ्गाना-
पोखरा, १८ पुस-
पोखरासहित देशभर बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ ।
पोखरा र आसपासका क्षेत्रमा हिजो बिहानैदेखि लागेको बाक्लो हुस्सु र बादलले अत्यधिक चिसो बढेको हो । बादल र हुस्सुुका कारण आज बिहानैदेखि घाम लाग्न सकेको छैन । हिजोसाँझदेखि शुरु भएको बर्षा बिहान केहीबेर रोकिएपनि अहिले फेरी शुरु भएको छ ।
चिसोले विद्यालय तथा जागरिमा जाने र जरुरी काम परेका बाहेक धेरैजना घर बाहिर निस्किएका छैनन् ।
जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज पनि देशैभरीको मौसम बदली हुनेछ । आज मध्य तथा पश्चिमी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने र पुर्वी क्षेत्रका केहि ठाउँमा हल्का वर्षा हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलिपनि मौसम बदली हुने र पर्सिदेखि क्रमिक सुधार हुँदै जानेछ ।

कमेन्ट गर्नुहोस्
Share: