
काठमाडौं, पौष १८ । चार सय आप्रवासी बोकेको इटलीको एउटा पानीजहाजका चालक भागेपछि पानीजहाज ‘दी आइसल्यान्ड’ समुद्रमा अलपत्र परेको छ ।
‘दी एजादीन’ नामको उक्त पा
नीजहाजमा सियरा लियोनको झन्डा रहेको र सिरियाका टर्किस आप्रावासीहरु रहेको बताइएको छ । पानीजहाजमा चालक दलका कोही पनि नरहेका कारण अर्को जहाजले किनारा लगाउने प्रयास गरेको छ ।
तर, समुद्री लहरका कारण ७३ मिटर लामो उक्त पानीजहाजलाई किनारा लगाउन कठीनाइ भएको बताइएको छ । पानीजहाजमा सवार केही यात्रुले परिवारजनलाई फोन गरी आफूहरु सवार पानीजहाजका चालक भागेको जानकारी दिएका थिए ।
उक्त पानीजहाजका चालक किन भागेका हुन् भन्ने खुलेको छैन । (एजेन्सी)
कमेन्ट गर्नुहोस्
