पेट्रोलियम पदार्थको भाउ फेरि घट्यो

Share:

काठमाडौं, पौष १८ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य पुनः घटाएको छ । निगम सन्चालक समितिको शुक्रबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा २/२ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

petrol-file-photo-final8

अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ ५० पैसा कायम भएको छ । डिजेल र मट्टितेलको भाउ ९० रुपैयाँ लिटर भएको छ । स्वचालित मूल्य प्रणाली लागू भएपछि पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटेको छ । तर, मूल्य घटे पनि बजारमा पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन सकेको छैन ।

मूल्य समायोजन हुने चर्चासँगै व्यापारीहरुले तेल नउठाउँदा बजारमा तेलको अभाव भएको सरकारी भनाइ रहेको छ भने निगमले मागअनुसार उपलब्ध नगराएको व्यापारीहरुको भनाइ रहँदै आएको छ ।

उता, बरौनी रिफाइनरीमा मर्मत–सम्भारका कारण ग्यास आपूर्तिमा समस्या हुँदा बजारमा ग्यासको चरम अभाव कायमै छ ।

निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले तेल सहज भैसकेको र ग्यासको आपूर्ति पनि सुचालु भैसकेको दाबी गर्दै एक हप्तासम्ममा सामान्य अवस्थामा आउने उल्लेख गरे ।

कमेन्ट गर्नुहोस्
Share: