एयर एसियाको विमान अनुमतिबिना उडेको खुलासा

Share:

पुस १९ गते-
ईन्डोनेसियाका यातायात मन्त्रीले एयर एसियाको सुराबायादेखि सिंगापुरसम्म उडान भर्ने सबै विमानको उडान निलम्बन गरेका छन् । गएको आईतबार इन्डोनेसियाबाट सिंगापुरका लागि उडान भरेको विमान अनुमति बिना नै उडेको खुलासा भएपछि ईन्डोनेसियाका यातायात मन्त्रीले सबै विमानको उडान निलम्बन गरेको खबर बिबिसीले लेखेको छ ।
बिबिसीका अनुसार त्यो विमानको उडान चार दिनपछि मात्रै थियो । १ सय ६२ यात्रुसहित सिंगापुरका लागि उडेको एयर एसियाको क्यूजेड ८५०१ जाभा समुद्री दुर्घटना भएको थियो ।
अहिलेसम्म समुद्रबाट ३० जनाको मात्र शव निकालिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: