
रेम बिक /पोखरा, २० पुस | अंग्रेजी नयाँवर्षको अवसर पारेर विग एफएमले खेलाएको रेडियो गेम शो ‘कार्बन मोबाईल एसएमएस एण्ड वीन’मा ६ जना भाग्यशाली स्रोताहरु विजेता बनेका छन् । अँग्रेजी नयाँ वर्षको शुरुवात दिनदेखि तीन दिनसम्म चलेको रेडियो गेम शोमा हरेक दिन दुई जना भाग्यशाली स्रोताहरुले मोबाईल प्राप्त गरेका थिए ।
मोबाईल जित्नेहरुमा प्रकाश बस्ताकोटी, नविन गायक, सुस्मिता तिवारी, सुधांशु लामिछाने, सुस्मिता भुजेल रहेका छन् । हरेक दिन सोधिएको प्रश्नको सहित उत्तर दिने स्रोताहरुमध्ये लक्की ड्र गरेर एफएमले दुई जनालाई विजेता छानेको थियो । कार्बन मोबाईलको वितरण गर्दै आएको कम्पनी एलाईड ट्रेड लिंक ईन्टरनेशनल प्रालिले रेडियो गेम शो लाई मुख्य प्रायोजन गरेको थियो ।
‘हामी सँधै स्रोताहरुसँग नजिक रहेर विशेष दिनहरुलाई सेलिब्रेट गर्दै आएका छौँ ।’ विग एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले भने– ‘र, यो ईभेन्ट पनि त्यसैको निरन्तरता हो ।’स्रोताहरुको सहभागिता सोँचेअनुरुप नै पाएको उनले बताए । त्यस्तै एलाईड ट्रेड लिंक ईन्टरनेशनल प्रालिले पनि विग एफएमसँगको सहकार्य निकै फलदायी भएको प्रतिक्रिया दिएको छ ।
रेडियो गेम शो ‘एसएमएस एण्ड वीन’मा ६ हजार जना स्रोताहरुले एसएमएस गरेर सहभागिता जनाएका थिए । हरेक चाडवाड र विशेष दिनहरुलाई विग एफएमले स्रोताहरुसँग मनाउँदै आएको छ । विशेषगरि ईभेन्टमार्फत स्रोता र बजारको ध्यान खिचेको विग एफएमले हरेक वर्ष ग्राण्ड ईभेन्टको रुपमा विग आईकन गर्दै आएको छ ।
