भोलि एकदिन घाम लागेर २ दिन पानी पर्ने

Share:

काठमाडौं, पुस २० / नेपालमा आजदेखि वर्षा सकिएपनि भोलि एक दिन घाम लागेर मंगलबार र बुधबार पुनः पानी पर्ने सम्भावना भएको मौसम विज्ञान महाशाखाले जनाएको छ।

अरेवियन सागरबाट उत्तर सर्दै आएको बादलले गराएको बर्षा आजबाट सकिएको छ। भुमध्यसागरबाट फेरि पाकिस्तान भारत हुँदै नेपाल भित्रिने अर्को वायूप्रणाली पर्सी मङ्गलबारबाट भित्रने भएकोले थप चोसो बढ्ने भएको छ।

सोमबार घाम लागेतापनि मङ्गलबार मध्यान्हबाट सो प्रणाली नेपाल प्रवेश गर्ने भएकाले बुधवार र बिहिबार मौसममा बदली भइ पानी पर्ने सम्भावना छ।

कमेन्ट गर्नुहोस्
Share: