
पोखरा २२ पुस / मोफसलको क्लब पोखराको मैदानबाट माथि उठन सकेन । कास्की जिल्ला फुटबल संघद्वारा आयोजित पोखरा कपको चौथो संस्करणको मनकामना केवलकार पोखरा कप २०७१मा मोसफल क्लब झापाको रोलिङ क्लब काठमाडौंको सरस्वती क्लबसँग १—० गोल अन्तरले पराजित भयो ।
मोफसेली क्लबको पहिलो हाफको अतिरिक्त समयमा दुर्भाग्य निम्तियो । त्यो दुर्भाग्यले केन्द्रको क्लब सरस्वतीलाई क्र्वाटरफाईलनमा साविक विजेता मनाङ मस्र्याङदी क्लबसँग भिड्ने निश्चित बनाईदिदाँ झण्डै पाँचसय किलोमिटर दुरीको धुलावारी झापाको रोलिङ पोखरा भ्रमणमा सीमित हुन पुग्यो ।
सरस्वतीका स्ट्राईकल विमल रानामगरलाई लडाएपछि पाएको पेनाल्टीलाई कृष्ण शाक्यले गोल गरेपछि सरस्वतीको विजय आधार पर्याप्त बनिदियो । पुसे जाडोसँगे छिटो घाम ओझेल पर्दा पातलो दर्शकको उपस्थितिमा सरस्वतीले विजयी स्वाद लिदाँ निर्धारित ९० मिनेट भने उल्लासमय भने हुन सकेको थिएन् ।
‘कलेक्सन टिम हो । क्र्वाटरफाईनलमा मनाङसँग खेल्दा खेलाडी मिलाउने छौं । स्ट्राईकर छैन । थपेर अझ सशक्त बनाउने तर्फ ध्यान दिने छौ. ।’सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले भने ‘पोखराको मैदानमा मनाङसँग कडा प्रतिस्पर्धा गर्न आवश्यक खेलाडी भरपुर उपयोग गर्ने छौं ।’
सरस्वतीले खेलमा केही अवसर पाएको थियो । यद्यपी सदुपयोग गर्न भने सकेन । २७ औं मिनेटमा रमेश घिसिङको कर्नर बललाई शक्ति राईले नियन्त्रण गर्दै हान्दा निकै माथि उठेको थियो । डि बक्सभित्रबाट हानेको बल अप्रत्याशित उठेपछि बेन्चमा बसेका अतिरिक्त खेलाडी समेत चुकचुकाउन पुगे ।
रोलिङ क्लबले पनि २३ औं मिनेटमा पुजन उपरकोटीको प्रहार रितेश मल्लले हेडिङ बल भेटेनन् । मल्ल मार्किङ विहीन अवस्थामा पनि बल केही उचाईबाट क्लियर हुदाँ सरस्वतीको लागि संकट टरेको थियो ।
सरस्वतीले दिपेश श्रेष्ठले दुई डिफेन्सलाई छलाउँदै अगाडि बढाएको बल गोलकिपर मात्रै बाँकी रहदाँसमेत अनुभवी गोलकिपर राजु योगीले क्लियर गर्दै रोलिङलाई गोलविहीन बनाईराख्न महत्वपुर्ण भूमिका खेले । योगीले क्लियर गरेको बललाई सरस्वतको पोष्टमा काउण्टर हुन पुग्यो । उपकोटरीले पनि सरस्वतीका गोल किपर अशोक बरालले बचाउ गरिदिए ।
‘स्ट्राईकरको अभाव देखियो । खेलाडी पनि थिएनन् । अन्यत्र प्रतियोगिताको लागि गएका आउन ढिलाई भयो । सरस्वती हामी भन्दा सिरियर क्लब पनि हो अनुभवी पनि थियो । यद्यपी पाएको केहीअवसर गुमाउँदा नतिजा सरस्वतीको पक्षमा गयो ।’ रोलिङका गम्भीर राईले भने । दोस्रो खेल भोली नेपाल पुलिस क्लबले रुपन्देही फुटबल एशोसियसनसँग खेल्ने छ । रुपन्देहीबाट युवा स्ट्राइकर विमल घर्तीमगरको उपस्थिति रहने छ ।
photo : goalnepal.com

