
काठमाडौं, पौष २२ । भारत र पाकिस्तानका सेनाबीच जम्मु–कश्मिरमा गोलाबारी बढेपछि भारत प्रशासित कश्मिरबाट हजारौं मानिस पलायन भएका छन् ।

गाउँमा युद्ध जस्तो स्थिति रहेको भन्दै आफूहरु थाकथलो छाड्न बाध्य भएको संघर्षबाट प्रभावित गाउँलेहरुले बताएका छन् । गत साता मात्र त्यस क्षेत्रमा भड्किएको हिंसामा परी दुबै मुलुकका सेना र सर्वसाधरण गरी कम्तिमा१० जनाको मृत्यु भएको थियो ।
मंगलबार पनि दुबै सेनाबीच गोली हानाहान भएको बीबीसीले जनाएको छ । दुवै मुलुकले एक अर्कामाथि तनाव चर्काएको आरोप लगाएका छन् ।
भारत र पाकिस्तानबीच जम्मु–कश्मिरको संघर्षलाई लिएर सन् २००३ मा युद्धबिराम गर्ने सहमति गरेपनि त्यसयता पनि त्यहाँ हिंसा रोकिएको छैन । (एजेन्सी)
कमेन्ट गर्नुहोस्
