गाडी भाडा घटेन

Share:

माधब पनेरु , पोखरा प्ुाष २२ /  पेट्रोलियम पदार्थको मुल्यको अटोमेटीक मूल्य र्निधारण प्रबिधिको प्रयोग गर्न थालेपछि केही समयदेखि बजारमा पेट्रोलियम पदार्थको मुल्उ घटिरहेको छ ।

gaadi bhada final

अहिले बजारमा मुल्य र्निधारण प्रणालीको बारेमा धेरै खाले चर्चा पनि भैरहेका छन । अटोमेटिक प्रणाली अनुसार कायम भएको मुल्य तिर्न उपभोक्ता राजि हुने हो भने सरकारले मुल्य बढाउन पनि सक्ने कुरा निश्चित छ । अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्र्थको मुल्य घटेकाले नेपालमा पनि त्यसको आंशिक प्रभाव परेको हो । अन्र्तराष्ट्रिय मुल्य अनुसार नेपालमा मुल्य समायोजन नभएको बिज्ञहरु बताउछन । जुन अनुपातमा घट्नु पर्ने हो सोही अनुपातमा मुल्य नघटेको उनिहरुको दाबि छ ।

पेट्रोलियम पदार्थको मुल्य समायोजन संगै गाडी भाँडा समायोजन भने हुन सकेको छैन । हुनत सरकारले एक प्रतिशत भाँडा घटाउन र्निदेशन दिएको छ । सरकारको र्निदेशन बेज्ञानिक हुन नसकेको उपभोक्ताहरुको गुनासो छ । बसमा पेट्रोल, डिजेलको मुल्य घटेको कुरा गर्ने हो भने पिटाई खानु पर्ने अबस्था आउने गरेको पोखराको पृथ्वीचोकमा भेटिएका एक यात्रुले गुनासो गरे । भाँडा घटाईदिन अनुरोध गर्दा समितीलाई देखाएर गाडीवालाहरु उम्कने गरेको ति यात्रुको भनाई थियो ।

गाडीभाँडा सरकारले दिएको र्निदेशन अनुसार समायोजन भएको पृथ्वीराजमार्ग बस सञ्चालक समितीका महासचिब योगेन्द्र बस्नेतले जानकारी दिए । बजारमा भएको अन्य पदार्थको मुल्य नघटेको बिषयमा कसैले प्रश्न नगर्ने भन्दै बस्नेतले खाली गाडी भाँडाको कुरा मात्र आउने बस्नेतले प्र्रतिकृया दिए ।

कुनै पनि बस्तुको मुल्य घटबढ हुनको लागि ढुवानीभाँडा मुख्य बिषय हुने गरेको छ । ढुवानीकोमुल्य नघटेपछि अन्य बस्तुको मुल्य समायोजन गर्न समस्या आउने उपभोक्ताबादीहरु बताउछन ।

कमेन्ट गर्नुहोस्
Share: