संविधान ल्याउन निर्णायक वार्ता बस्दै

Share:

काठमाडौं, पुस २३-
संविधान निर्माणका क्रममा उत्पन्न विवादित बिषयमा सहमति गर्न प्रमुख राजनीतिक दलहरुबीच अहिले बालुवाटारमा बैठक शुरु भएको छ ।
सत्तापक्ष नेपाली काँग्रेस र नेकपा एमालेले आज प्रमुख प्रतिपक्ष एकीकृत नेकपा माओवादी र मधेसवादी दलसँग संविधानका विवादित विषयमा हुने आजको बैठकलाई निर्णायक भनिएको छ ।
चार पक्षको संयुक्त बैठकमा दुईपक्षले पेस गरेका छुट्टाछुट्टै प्रस्तावमा समान धारणा खोजिने नेताहरुले बताएका छन् ।
बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले सत्तापक्षको तर्फबाट आफुहरुले लचकता अपनाउन सकिने विषयको जानकारी गराउने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । लचिलो हुँदा पनि सहमति नभए प्रक्रियामा गएरै संविधान जारी गर्ने सत्तारुढ दलको निष्कर्ष छ ।
प्रधानमन्त्री कोइरालाले राख्ने प्रस्तावमा बढीमा सात प्रदेशसम्म जान सकिने तथा शासकीय स्वरुपमा प्रधानमन्त्री र राष्ट्रपतिको अधिकार बाँडफाँड गर्नेसम्मको धारणा छ । प
यसैगरी, निर्वाचन मण्डलबाट राष्ट्रपति चयन गर्ने र प्रधानमन्त्रीका केही अधिकार दिने प्रस्तावमा एकीकृत माओवादीसहित प्रतिपक्षमा रहेका नेताहरुले पनि सहमति जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: