
काठमाडौं, पौष २३ । फ्रान्सको राजधानी पेरिसस्थित ‘चार्ली हेब्डो’ पत्रिकाको कार्यालयमा बन्दुकधारीहरुले आक्रमण गर्दा ११ जना मारिएका छन् ।

व्यंग्यात्मक सामग्री प्रकाशन गर्ने ‘चार्ली हेब्डो’मा दुईजना बन्दुृधकारीले आक्रमण गरेको बताइएको छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार बन्दुकधारीले पत्रिकाको कार्यालयमा गोली हान्दै प्रवेश गरेका थिए । ‘चार्ली हेब्डो’ले विभिन्न विवास्पद समाचार प्रकाशन गर्ने गरेको छ ।
पछिल्लो समय मात्रै पत्रिकाले इस्लामिक लडाकु समूह बोको हरामका नेता अबु बकार अल बग्दादीको कार्टुन ट्वीट गरेको थियो ।
कमेन्ट गर्नुहोस्
