
बिग न्युज पोखरा, २३ पुस / कास्की जिल्ला फुटबल संघको आयोजनामा पोखरामा जारी मनकामना केवलकार पोखरा कपको दोस्रो दिन नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले रुपन्देही जिल्ला फुटबल संघलाई सडन डेथमा ६–५ गोल अन्तरले पराजित गरेको थियो । विजयी पुलिसले अब पुस २७ गते क्वार्टरफाईनलमा नेपाल आर्मीको सामना गर्नेछ ।
निर्धारित र थपिएको १५ मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा पनि दुवै तर्फबाट बराबरी गोल भएपछि खेल सडेन डेथमा पुगेको हो । पुलिसको लागि जुमनु राईले पहिलो पेनाल्टी प्रहार खेर फाले । उनको प्रहार रुपन्देहीका गोलकिपर दिलिप क्षत्रीले रोकिदिए । दिपेन श्रेष्ठ, भोला सिलवाल, हरि कठायत, सुमन सुवेदी, सुरज विक र दिनेश गुरुङले गोल गर्न सफल भए । भरत शाह र अजित भण्डारीको प्रहार खेर गएको थियो ।
यस्तै, पुकार गहतराज, रवि सिलवाल, सुरज थिङ र कालु थापाले गोल गरेपनि निशान ढुंगाना, वर्षात गुरुङ, डोना थापा र लक्ष्मण थापाको प्रहार खेर गएपछि रुपन्देही पहिलो खेलबाटै बाहिरिएको हो । ‘गोल गर्न हतारिदाँ दोस्रो हाफ त्यत्तिकै खेर गयो । पहिलो हाफमा गोल ननिस्कदाँ प्रेसरमा रह्यौं ।’ नेपाल पुलिस क्लबका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने—‘बल पोजिसन पनि खासै राख्न सकेनन् । हतारमा आईयो । टिम सेट गर्न भ्याइएन् यद्यपी नतिजा आत्मसात गर्न पाउँदा भाग्यमानीसँगै खुशी छौं ।’
उता रुपन्देहीका म्यानेजर लोक पुनले टिमले उत्कृष्ठ प्रदर्शन गरेको प्रतिक्रिया दिए । उनले भने ‘राम्रो खेल्यौं । खेलाडीको खेलबाट सन्तुष्ट छौं । मेहनेत गरे अनुसारको प्रतिफल पायौं । खेलाडीको गुनासा केही छैंन् । पेनाल्टी भनेको ५० प्रतिशत जितको सम्भावना हो । भाग्यले साथ नदिएपनि भाग्य हाम्रो पक्षमा भएको अनुभव हामील ग¥यौं । समग्रमा राम्रो रह्यो ।’
बिहीबार विभागिय टोली शसस्त्र प्रहरी बलको एपीएफ क्लबले धरान फुटबल क्लबसँग खेल्ने छ । यसअघि, उद्घाटन खेलमा सरस्वती युथ क्लबले रोलिङ क्लब झापालाई १–० ले पराजित गर्दै पुस २६ गते मनाङमस्र्याङ्दीसँगको भेट पक्का गरिसकेको छ ।
Photo: Goalnepal.com

