पोखरा कपमा एपिएफ र धरान भिड्दै

Share:

पोखरा २४ पुस –
पोखरामा जारी मनकामना केबुलकार पोखरा कपमा आज शसस्त्र प्रहरीको एपिएफ क्लब र धरान फुटबल क्लब बिच प्रतिस्पर्धा हँुदैछ । अन्तिम आठको लागि हुने यी दुई टिमको खेल दिउँसो साढे २ बजेपछि पोखरा रंगशालामा शुरु हुनेछ ।
यसअघि प्रतियोगिताको पहिलो संस्करणमा सहभागि नभएको एपिएफ दोस्रो संस्करणको क्वाटरफाईनलमा मनाङसंग पराजित भएको थियो भने अघिल्लो बर्षको प्रतियोगितामा आयोजकको टोली संग पराजित हुदै पहिलो खेलबाटै बाहिरिएको थियो । यो प्रतियोगितामा धरान फुटबल क्लब भने पहिलो पटक सहभागिता जनाउन लागेको हो ।
आजको विजेताले पुष २८ गते अन्तिम चारको लागि एभरेष्ट फुटबल क्लब हङकङसंग खेल्नेछ । यसअघि भएका खेलमा जित हातपार्दै सरस्वति क्लब र नेपाल पुलिस क्लब अन्तिम आठमा प्रवेश गरिसकेका छन् ।
कास्की जिल्ला फुटबल संघद्धारा आयोजित प्रतियोगितामा १२ टोली सहभागि छन् । प्रतियोगिता माघ ३ गतेसम्म चल्नेछ । प्रतियोगिताको बिजेताले ३ लाख ५५ हजार र उपबिजेताले २ लाख १० हजार पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगितामा उत्कष्ट खेलाडिलाई एउटा मोटरसाईकल प्रदान गरिने र विभिन्न पाँच विधामा उत्कृष्टलाई जनही १५ हजार रुपैया प्रदान गरिने आयोजक एन्फा कास्कीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: