सवारी दुर्घटनामा एकको मृत्यु

Share:

२४ पौष, नवलपरासी-
नवलपरासीको केउरेनिमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी कावासोति ११ पिठौलिका मनबहादुर थनेतको ज्यान गएको इलाका प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।
बुटबलबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ४१ २३ नम्बरको बसले ना २१ प ४१ ९९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा थनेत गम्भिर घाईते भएका थिए ।
उनको उपचारको क्रममा गएराति भरतपुरमा ज्यान गएको प्रहरीले बताएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: