पाहुना टोलीलाई हराउदै आयोजकको टिम क्वाटरफाईनलमा

Share:

पोखरा २५ पुस । पाहुना टोलिलाई पन्छाउदै आयोजकको टिम जारी मनकामना केबुलकार पोखरा कपको क्वाटरफाईनलमा प्रबेश गरेको छ ।

pokhara 11

पोखरा रंगशालामा आज भएको अन्तिम प्रि–क्वाटरफाईनलमा भुटान फुटबल क्लबलाई ३–० ले हराउदै आयोजक पोखरा–११ अन्तिम आठमा प्रबेश गरेको हो ।

खेलको २६ औं मिनेटमा सुनिल बिश्वकर्माले गोल गर्दै टिमलाई अग्रता दिलाएकोमा तीन मिनेटको फरकमा अनिल ओझाले अग्रता दोब्बर पारे । पहिलो हाफ दुई शुन्यमा सकिएपनि दोस्रो हाफमा पनि पहुना टोलीले गोल गर्न सकेन । ईन्जुरी समयमा अनिल ओझाले ब्यक्तिगत दोस्रो गोल थप्दै नतिजा ३–० मा पु¥याए र भुटान फुटबल क्लब पहिलो खेलबाटै घर फर्कन बाध्य भयो ।

आजको बिजेताले पोखराले पुष २९ गते अन्तिम चारको लागि थ्रिस्टर क्लबको सामना गर्नेछ । यसअघिको खेलमा जित हात पार्दै शसस्त्र प्रहरीको एपिएफ, सरस्वति क्लब र पुलिस क्लब अन्तिम आठमा पुगिसकेको छन् ।

प्रतियोगिता अन्तर्गत भोलिदेखि क्वाटरफाईनलका खेल सुरु हुनेछन् । भोलिको पहिलो क्वाटरफाईनलमा सरस्वति क्लबले मनाङ मस्याङदीको सामना गर्नेछ । मनाङ वाई पाएर सिधै क्वाटरफाईनलमा आएको हो भने सरस्वति रेलिङ स्पोट्र्स क्लब झापालाई हराउदै अन्तिम आठमा प्रबेश गरेको हो ।

कास्की जिल्ला फुटबल संघद्धारा आयोजित प्रतियोगितामा १२ टोली सहभागि छन् । प्रतियोगिता माघ ३ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ३ लाख ५५ हजार र उपबिजेताले २ लाख १० हजार पुरस्कार प्राप्त गर्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: