एकैसाथ चारवटा फिल्मको भिडन्त

Share:

रेम बिक  पोखरा, २५ पुस । प्रतिष्ठित निर्माणगृह र प्रचार सामाग्रीको आधारमा राम्रा मानिएका तीन फिल्म एकैसाथ यो शुक्रबारबाट हलमा प्रदर्शनमा आएका छन् । एकसाथ तीनवटा नेपाली फिल्म प्रदर्शनमा आउँदा दर्शकहरु बाँडिने निश्चित छ ।

Film Judhai 25 push 2071 photo

आज शुक्रबारदेखि तीन वटा फिल्म ‘आभास’, ‘अलबिदा’ र ‘तथास्तु’ एकैसाथ प्रदर्शनमा आएका हुन् । खासगरि यी तीनवटा फिल्मलाई आर्यन सिग्देल, रेखा थापा र संयम पुरीबीचको भिडन्तको रुपमा हेरिएको छ । कलाकार कसले बढि तान्ने भन्ने प्रतिस्पर्धामा यी फिल्महरु लागिपरेका छन् ।

त्यसैमाथि ठुलै प्रचारप्रसार सहित हिन्दी फिल्म ‘तेभर’ पनि शुक्रबारबाटै हलमा आएपछि यो भिडन्त चारवटा फिल्मबीच हुने निश्चित छ ।

आर्यन सिग्देल, हसन खान र अनिता आचार्यले अभिनय गरेको फिल्म ‘अलबिदा’लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । फिल्ममा मुस्लिम र हिन्दु धर्म मान्ने युवायुवती बीचको प्रेमलाई मुख्य कथा बनाईएको निर्माणपक्षले जनाएको छ ।

यस्तै सबिर श्रेष्ठ निर्देशित फिल्म ‘तथास्तु’मा दर्शक तान्ने अस्त्रको रुपमा रेखा थापालाई निर्माणपक्षले अगाडि सारेको छ । फिल्ममा रेखा सँगै किशोर खतिवडा र सुवास थापा मुख्य कलाकारको रुपमा रहेका छन् ।

यता टिनएजर्समाझ आफ्नो क्रेज बनाएका संयम पुरी प्रोटागोनिस्ट रहेको फिल्म ‘आभास’को निर्माण यूनिटले पनि दर्शक आफ्नो पक्षमा रहेको बताउँदै आएको छ । सम्पादक सुरेन्द्र पौडेलले पहिलोपटक निर्देशन गरेको फिल्म आभासमा सलोन बस्नेत, आश्मा डिसी, निशा अधिकारी लगाएतका कलाकारहरुले समेत अभिनय गरेका छ ।

अर्जुन कपुर, सोनाक्षी सिन्हा, मनोज बाजपेयी अभिनित हिन्दी फिल्म ‘तेभर’ पनि नेपाली दर्शकले रुचाउने अपेक्षा गरिएको छ । विशेषगरि युवापुस्ताका दर्शकमा सोनाक्षीको क्रेज निकै बढि छ । त्यसैले यो फिल्मले अन्य तीन नेपाली फिल्मको व्यापारलाई गाह«ो पार्ने देखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: