पश्चिमाञ्चल होटल संघको अध्यक्षमा पराजुली, पर्यटन अगुवा पालिखे सम्मानित

Share:

बिग न्युज पोखरा, २८ पुस /पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा युवा पर्यटन व्यवसायी भरतराज पराजुली निर्विरोध निर्वाचित भएका छन् । यसअघि प्रथम उपाध्यक्ष रहेका पराजुली होटल पिस प्लाजाका संचालक पनि हुन् । अध्यक्षमा निर्वाचित भएका पराजुली स्टार होटल तर्फबाट यसअघि नै सदस्यमा निर्विरोध निर्वाचित भएका छ जना मध्येका हुन् ।

निवर्तमान अध्यक्ष पोखरा भिलेज रिसोर्टका संचालक हरिप्रसाद शर्मा गैह्रे हुन् । प्रथम उपाध्यक्षमा फेयरमाउण्ट होटलका संचालक विकल तुलाचन चुनिए । द्वितीय उपाध्यक्षमा होटल साकुराका संचालक लक्ष्मण सुवेदी छनोट भए । महासचिवमा भने न्यू सोलिटारी लजका भेकेन्द्रकुमार श्रेष्ठ छानिएका छन् । कोषाध्यक्षमा होटल ग्लासियरका राजेन्द्र ढकाल, सचिवमा होटल ट्रोपिकानाका गणेशराज पहारी र सहकोषाध्यक्षमा होटल ल्याण्डमार्कका पार्वता पाण्डे चयन भएका छन् । नन स्टारतर्फ छ सदस्य पदका लागि १५ जनाको उम्मेदवारी परेकोमा निर्वाचनबाट उनीहरु सदस्यमा निर्वाचित भएसँगै पदाधिकारीका लागि निर्विरोध चयन गरिएका हुन् ।
Bharat
कार्यसमिति सदस्यहरुमा मम्स गार्डेन रिसोर्टका दिपक श्रेष्ठ, पोखरा ग्राण्डका रामेश्वर हुमागाई, सांग्रिला भिलेज रिसोर्टका अर्जुनप्रसाद मैनाली, फिस्टेल लजका अनिल श्रेष्ठ र फुलवारी रिसोर्टका सुरेश चापागाई रहेका छन् । सदस्यहरु सबै स्टार होटल तर्फबाट कार्यसमितिको सदस्यमा यसअघि नै निर्विरोध निर्वाचित भएका हरु हुन् । स्टार तर्फ कूल छ जनाका लागि छ जनाकै उम्मेदवारी परेपछि सबै निर्विरोध भएका थिए । संघमा दुई सय ८२ सदस्य संख्या रहेको छ । नविकरण गरेका मध्ये कूल एक सय ९६ मत खसेकोमा एक मत बदर भएको सचिव गणेशराज पहारीले जानकारी दिए । संघको दुई वर्षे कार्यसमिति १३ जनाको हुन्छ ।

अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिंदै पराजुलीले आफूले संघका सबै साथीहरुसँग सहकार्य गर्दै पोखरामा बढी भन्दा बढी पर्यटक भित्र्याउन काम गर्ने भनाई राखे । समग्र पर्यटन र पोखराको विकासमा समेत सहकार्य गर्दै सदस्य साथीहरुको हितलाई नै आफूले ध्यान दिने भनाई पराजुलीको थियो ।

यसअघि, पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दैकास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर राउतले बन्द हड्तालले सबै क्षेत्रमा प्रभाव परेको बताए । उनले यसको प्रत्यक्ष मारमा पर्यटन क्षेत्र परेको भन्दै बन्द सधैंका लागि बन्द गर्नुपर्ने खाँचो औंल्याए । राउतले प्याकेज निर्माण गरी पर्यटकको बसाईं अवधि लम्ब्याउने खालका कार्यक्रम ल्याउन होटल व्यवसायीलाई सुझाव पनि दए । ‘कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान पाँच प्रतिशत छ’ – राउतले भने– ‘पर्यटनको प्रचुर सम्भावना रहेको मुलुकमा यो पर्याप्त होईन, दीगो पर्यटनमा जोड दिनुपर्छ ।’

चिनिया राजदूतावासका कन्सुलर पेङ उईले पोखरा तथा समग्र नेपालको वातावरण राम्रो भएको बताउँदै पर्यटनका माध्यमबाट समृद्धि ल्याउन सकिने बताए । होटल संघ नेपालका उपाध्यक्ष अमर शाक्यले व्यवसायिक एकतामा जोड दिंदै पर्यटकको बसाई लम्ब्याउन निश्चित नीतिनियमको जरुरी पर्ने उल्लेख गरे ।  पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले उपमहानगरपालिका व्यवसायी र नगरवासीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउँदै सडक वरपर सीसीटीभी क्यामेरा जडानको कामलाई निरन्तरता दिन पाँच लाख दिने घोषणा गरे । बढी भन्दा बढी कर उठाउने वातावरणका लागि सहयोग गर्न पनि उनले सबैसँग आग्रह गरे ।

10887427_10152917392461131_125307647393465755_oपोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यवहादुर भुजेलले बन्द र हड्तालका कार्यक्रम सदाका लागि बन्द गरिनुपर्ने बताउँदै आफ्नो पार्टीले बन्द गरेको अवस्थामा मौन बस्ने कतिपय पर्यटन व्यवसायीको चरित्र निन्दनीय भएको भनाई राखे । खाना पकाउने ग्याँस अभावले समेत होटल र रेष्टुराँ बन्द हुने अवस्थामा पुगेको उनले दुःखेसो सुनाए । कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, संघका महासचिव लक्ष्मण सुवेदी र सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष हिरु पुनले पनि भनाई राखेका थिए ।

सो अवसरमा पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार विश्वशंकर पालिखेलाई पर्यटनको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरेको थियो । पालिखे १२ वर्ष अघि सुरु गरिएको जाउँ है पोखरा अभियानका संस्थापक संयोजक हुन् ।

कार्यक्रममा संघले संस्थाका द्वितीय उपाध्यक्ष विकल तुलाचनको संयोजकत्वमा प्रकाशित आफ्नो नयाँ न्यूज बुलेटिन पनि सार्वजनिक गरेको थियो ।

यसैबीच, संघले पर्यटन प्रवद्र्धन र लगानीको संरक्षणलाई मुख्य मुद्दा बनाउँदै अगाडि बढ्ने योजना अघि सारेको छ । संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले प्रबद्र्धन विना पर्यटन अगाडि जान नसक्ने बताउँदै संघले विगतमा संचालन गरेका प्रवद्र्धनात्मक कार्यक्रमलाई निरन्तरता दिंदै नयाँ कार्यक्रमहरु पनि संचालन गरिने बताए । सुरक्षा तथा स्थानीय निकायसँग सहकार्य गरेर संघ अगाडि बढ्न तयार रहेको बताउँदै उनले थपे– ‘होटल तथा पर्यटन क्षेत्रमा भएको लगानीको संरक्षण हुनुपर्छ ।  स्वच्छ, मर्यादित र अनुसासित पर्यटनमा हाम्रो जोड छ ।’ पोखरामा नयाँ विमानस्थल निर्माणको मुद्दालाई टुंगोमा पु¥याउन पनि संस्था लागि परिरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: