
विग न्यूज /पोखरा, २९ पुस | जापानीज फिल्म ‘हिमावरी’ नेपाली भाषामा डबिङ भएर प्रदर्शन हुने भएको छ । नेपालीमा ‘सुर्यमुखी फुल’ नाम दिएर यो फिल्म प्रदर्शन गर्ने तयारी भैरहेको छ । एशिया फ्रेन्डशिप एशोसियसनले यो फिल्मलाई नेपालमा प्रदर्शन गर्ने भएको हो ।
उसो त नेपाल भन्दा पहिले यो फिल्म जापानमा प्रदर्शन हुनेछ । नेपाली सबटाईटल राखेर जापानमा प्रदर्शन गरिने फिल्म नेपाल प्रदर्शन हुँदा भने पुरै नेपाली भाषामा हुनेछ । एशोसियसनका अध्यक्ष अनोज शाक्यले दिएको जानकारी अनुसार फिल्म नेपाल–जापान सम्बन्ध र दुई देशिय साँस्कृतिक प्रभावको विषयमा हुनेछ ।
नेपाली विद्यार्थीहरु जापानमा बसेर पढ्ने धेरै छन् । पढ्न जाने क्रममा नेपाल र जापानका विद्यार्थीबीच धेरै साँस्कृतिक कुराहरु पनि आदानप्रदान हुँदै आएको छ । जापानीज फिल्मलाई नेपालीमा भाषानुबाद गर्नुको मुख्य कारण पनि नेपाल–जापान बीचको साँस्कृतिक दुरीलाई सरलिकृत गर्नु रहेको एशोसियसनले जनाएको छ ।
योशिहिरो आईकावाले निर्देशन गरेको फिल्ममा क्योजो नागत्सुका, केन्टा सुगा, रेना नोउनेन र योशिको गीनोजा लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । २६ जनवरीमा प्रदर्शन गरिने फिल्म १ सय १० मिनेट लामो छ । नेपालमा फिल्मको बजारिकरण कसले गर्ने भन्ने कुरा फाईनल भने भैसकेको छैन ।

