
काठमाडौं, माघ १ – नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि लोडसेडिङको समय बढाएर हप्तामा ७७ घण्टा लोडसेडिङ गर्ने भएको छ ।
प्रणालीमा लोड अत्यधिक बृद्धि तथा मध्य मस्र्याङ्गदी जल विद्युत केन्द्रको मर्मत गर्न पूर्ण रुपमा बन्द गर्नु परेको कारण देखाउँदै प्राधिकरणले लोडसेडिङको समय बढाएको हो ।
नयाँ तालिका अनुसार अब सर्वसाधारणले दैनिक ११ घण्टा लोडसेडिङ बेहोर्नुपर्ने भएको छ ।

कमेन्ट गर्नुहोस्
