
पोखरा २ माघ-
युनाइटेड क्लव पोखराले आयोजना गरेको पोखरा महोत्सवको तेश्रो दिन आजपनि विभिन्न कार्यक्रम हुँदैछन् ।
मेलामा आज विभिन्न कलाकारहरुले दिनभर नै दर्शकलाई मनोरञ्जन प्रदान गर्ने महोत्सव प्रचार प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए ।
आज लोकदोहोरी तर्फ राधिका हमाल, तारापति सुवेदी, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, जिवन दाहाल, शिवहरी ढुङ्गाना, घनश्याम रिजाल, सरस्वती लामिछाने, चन्द्रा कार्की, प्रदिप त्रिपाठीको प्रस्तुती रहनेछ भने पप तथा लाइभब्याण्ड कन्सर्ट तर्फ टम्बल वीड र स्थानिय लोकल ब्याण्डहरुको प्रस्तुती रहनेछ ।
महोत्सवमा हिजोमात्रै २५ हजार दर्शकले अवलोकन गरेका र ५० लाख रुपैयाँ भन्दा बढिको कारोबर भएको आयोजकले जनाएको छ ।
माघ ८ गते सम्म सञ्चालन हुने महोत्सवबाट भएको आम्दानी विगतका वर्षहरुमा जस्तै सामाजिक क्षेत्रमा खर्च गरिने भएको छ ।
