
काठमाडौं, माघ ३ । चीनको याङ्ग्त्से नदीमा एक जहाज तान्ने डुंगा पल्टँदा २२ जनाको मृत्यु भएको छ । चियांग्सु प्रान्तको चाचियाङ नजिक यो दुर्घटना भएको चिनियाँ सरकारी समाचार एजेन्सी ‘सिन्ह्वा’ले जनाएको छ ।

परीक्षणका लागि नदीमा लगिएको डुंगा पानीमा पुर्याएको २० सेकेण्डभित्रै पानी पसेर दुर्घटना भएको हो ।
डुंगामा २५ जना रहेका थिए । तीनजनालाई जीवितै उद्धार गरिएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
