
गोकुल बानियाँ, पोखरा ३ माघ । मनकामना केबुलकार पोखरा कपको उपाधि पुलिसले जितेको छ । पोखरा रंगशालामा शनिवार भएको फाईनल खेलमा थ्रिस्टारलाई सडेनडेथमा ४– ३ गोलले पराजित गर्दै बिभागिय टिम पुलिसले पहिलो पटक उपाधि उचालेको हो । पहिलो खेल रुपन्देही ११ विरुद्ध भाग्यवश सडेन डेथमै जीत हात पार्दै अगाडिको यात्रा तय गरेको पुलिसले सडेन डेथबाटै जीत निकाल्दै उपाधिका साथ प्रतियोगितामा यात्रा अन्त ग¥यो ।
बिजेता पुलिसले नगद ३ लाख ५५ हजार प्राप्त गरेको छ भने उपबिजेतामा सिमित थ्रिस्टारले नगद २ लाख १० हजारमा चित्त बुझायो । खेलको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको अतिरिक्त समय एक एक गोलको बराबरीमा सकिएपछि नतिजाको लागि पेनाल्टी सुटआउटको सहारा लिनुपरेको थियो । ट्राईब्रेकरमा पनि तीन तीन गोलको बराबरी भएपछि सडनडेथमा पुलिसले बाजी मार्यो । पेनाल्टी प्रहारमा थ्रीस्टारका पोखरेली खेलाडी विजय गुरुङ र जगजित श्रेष्ठको प्रहार खेर जादाँ विक्रम लामा, निराजन खड्का, सन्तोष साहुखलको प्रहार मात्रै गोल हुन पुग्यो । पुलिसको तर्फबाट पेनाल्टी प्रहार गर्ने क्रममा निरकुमार राई, सुमन सुवेदी र दिपेन श्रेष्ठको प्रहार गोलमा परिणत भयो । कप्तान भोला सिलवालसँगै योगेश श्रेष्ठको प्रहार पनि बाहिरिएको थियो ।
सडन डेथमा पुलिसका अजित भण्डारीले गोल गर्दा थ्रिस्टारका गोलकिपर किरण चेम्जोङको प्रहार भने पुलिस किपर रितेश थापाले बचाए । र नतिजा पुलिसलाई सुम्पन थ्रिस्टार बाध्य भयो । यसअघि, ४९ औं मिनेटमा बिक्रम लामाको गोलबाट अग्रता लिएको थ्रिस्टार बिरुद्ध ८४ औं मिनेटमा गोल गर्दै पुलिसका भोला सिलवालले बराबरीमा पुर्याएका थिए ।
सिधै बाई पाएर क्वार्टरफाईनल खेलेको थ्रीस्टारले आयोजक पोखरा ११ लाई १(० ले र सेमिफाईनलमा सशस्त्रको एपीएफलाई १( ० ले ९पेनाल्टी गोल मार्फत० पराजित गरेको थियो । प्रिक्वार्टरबाटै खेलेको नेपाल पुलिसले रुपन्देही ११ लाई सडेन डेथमा पराजित गर्दै अगाडिको यात्रा तय गरेको हो । पुलिसले क्वार्टरफाईनल खेलमा आर्मीलाई २(०, सेमिफाईनलमा सशक्त टीम मनाङ मस्र्याङ्दी लाई २(१ ले पराजित गर्दै फाईनल स्थान सुरक्षित गरेको हो ।
पुलिसले प्रतियोगिताको उपाधि सहित उत्कृष्ट खेलाडि, प्रशिक्षक, गोलकिपर र डिफेन्सको उपाधि समेत जितेको छ । पुलिसका भोला सिलवाल प्रतियोगिताको उत्कृष्ठ खेलाडि घोषित हुदै यामहा मोटरसाईकल प्राप्त गर्न सफल भए । त्यस्तै पुलिसकै बिराटकृष्ण श्रेष्ठ उत्कृष्ट प्रशिक्षक, रितेश थापा उत्कृष्ठ गोलकिपर र दिपेन श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए । उनिहरुले जनही १५ हजार पुरस्कार पाए । यसैगरी थ्रिस्टारका टिम क्याप्टेन सन्तोश शाहुखलले उत्कष्ट फरवार्ड र एपिएफ क्लबका हेमन गुरुङ्गले उत्कृष्ट मिडफिल्डको ट्रफी सहित नगद १५ हजार प्राप्त गरे ।
