
पोखरा, ४ माघ / पोखराको अमरसिंह चौरमा जारी पांचौ पोखरा महोत्सवमा नेपाली संगै विदेशी पर्यटकहरुले समेत विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका छन ।
महोत्सवको पांचौ दिन पोखरा भ्रमणमा आएका कोरियन पर्यटकहरुले दर्शकहरुलाई कोरियन सांस्कृतिक नृत्यमार्फत मनोरञ्जन प्रदान गरेका छन । युनाइटेड क्लव पोखराद्धारा आयोजना गरिएको पांचौ पोखरा महोत्सवको पांचौ दिन कोरियन अल्पाइन फेडेरेनका टोलीले कोरियन संस्कृतिमार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका महोत्सवका प्रचार प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए ।
पोखरा भ्रमणमा आएका फेडेरेशनका टोलीले पर्यटन प्रवद्र्धनका लागी पोखरामा चिडियाखाना निर्माणका लागी पहलकदमी गर्दै आएको युनाइटेड क्लवद्धारा आयोजना गरेको महोत्सवमा आफ्नो देशको संस्कृति झल्कने नृत्य प्रस्तुत गर्न पाउदा आफुहरु खुसी भएको कोरियन अल्पाइन फेडेरेशनका डाइरेक्टर किम योङ सिकले वताउनुभयो । आफुहरु बिगत ११ वर्षदेखि नेपालमा काठमाण्डौ आसपासका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहयोगार्थ शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आइरहेको र पोखरामा पनि २ वर्षदेखि भराभरी स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्दै आइरहेको र सोही क्रममा पोखरा महोत्सवमा आउने मौका मिलेको सिकले वताउनुभयो ।
यसैविच पोखरा महोत्सवको पांचौ दिन सम्म आइपुग्दा आइतबार १२ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छनभने ६५ लाख वरावरको कारोवार भएको आयोजकले जनाएको छ । महोत्सवमा आइतबार लोकदोहोरी तर्फ प्रजापति पराजुली,चोलेन्द्र पौडेल,जिवन दाहाल, शिवहरी ढुंगाना, कुलेन्द्र बिक, शंकर विरही गुरुङ, माया गुरुङ, सविना गुरुङ, तुलसा जिसी,टेक क्षेत्री लगायतले दर्शकहरुलाई मनोरञ्जन प्रदान गराएका थिएभने पप ब्याण्ड तर्फ पोखराका लोकल ब्याण्ड तथा प्राश्ना शाक्यले दर्शकहरुलाई मनोरञ्जन प्रदान गराएका थिए ।
विगतका वर्षहरुमा जस्तै शिक्षा,स्वास्थ्य,खेलकुद र पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणका लागी प्रत्येक क्षेत्रमा २० प्रतिशत रकम छुट्याउदै आएको र यसवर्षदेखि महोत्सवको प्रत्येक टिकटबाट एक रुपैया सेती नदी संरक्षणका लागी छुट्याइने आयोजकले जनाएको छ ।
महोत्सवमा विभिन्न उत्पादनका करिव २ सय ओटा स्ट्रल छन् । महोत्सवको आकर्षणमा विविध मनोरञ्जनात्मक कार्यक्रम, नृत्य प्रतियोगिता, दोहोरी, बाल उद्यान, पप कन्सर्ट, पर्यटकीय स्थलको जानकारी, झाँकी प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी र बिक्री रहेका छन् । महोत्सवको नेपाल शालिमार सिमेन्पटिले मुख्य प्रायोजक गरेको छ भने जिल्ला विकास समिति कास्की र सिजी हार्डवेयर एण्ड सप्लायर्स विशेष सहयोगी रहेका छन् ।
महोत्सवमा सोमबार बिमलराज क्षेत्री, प्रजापति पराजुली, चोलेन्द्र पौडेल,जीवन दाहाल, शिवहरी ढुंगाना, घनश्याम रिजाल, अमर धिताल, करण गुरुङ,निशा पौडेल, लक्ष्मी नेपाली, त्यसैगरी झांकी तर्फ बउचापुँच रामबजार र आदर्श आमा समुह ढुंगेसांघुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
