कक्षा ११ को परीक्षामा ४७.२६ प्रतिशत उत्तीर्ण

Share:

भक्तपुर, माघ ५ / उच्च माध्यामिक शिक्षा परिषद् भक्तपुरले आजकक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ ।

hseb

परीक्षामा नियमिततर्फ २ लाख २५ हजार ३७३ जना परीक्षार्थी सहभागी भएकोमा १ लाख ६ हजार ५१७ जना अर्थात ४७.२६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।

परीक्षामा ७ जनाको परक्षिाफल स्थगित गरिएको र ४३ जनाको परीगाफल रद्ध गरिएको उहाँले जानकारी दिनुभयो । गतवर्ष ४० प्रतिशत परुीषार्थी उत्तीर्ण भएकोमा यसवर्ष ७.५० प्रतिशत उत्तीर्ण संख्या बृद्धि भएको उहाँले बताउनुभयो ।

त्यसैगरि आंशिकतर्फ १ लाख ४१ हजार ५७० जना परीक्षार्थी सहभागी भएकोमा ४६ हजार ९३३ जना अर्थात ३३.१५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको अर्यालले जानकारी दिनुभयो ।
परीक्षार्थी मध्ये २९ जनाको परीक्षाफल स्थगित गरिएको र ४४ जनाको परीक्षाफल रद्ध गरिएको उहाँले जानकारी दिनुभयो । गत जेठ १ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको परीक्षाको नजिता सोमबार सार्वजनिक गरेको हो ।

आफ्नो नतिजा थाहा पाउनका लागी  BIG<space>HSEB<space>Symbol no. टाइप गरी 4321  मा  send गर्नुहोला ।

कमेन्ट गर्नुहोस्
Share: