
पोखरा ५, माघ / पोखराको अमरसिंह चौरमा जारी पांचौ पोखरा महोत्सवको छैठौ दिन १३ हजार वढी दर्शकले अवलोकन गरेका छनभने ९० लाख बरावरको कारोवार भएको छ ।
पुस ३० देखि शुरु भएको महोत्सवमा छैठौ दिन सम्म आइपुग्दा दर्शकको चाप संगै कारोवार समेत वढ्दै गइरहेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद र पोखरामा पर्यटन प्रवद्र्धनका लागी पोखरामा चिडियाखाना निर्माण गर्ने उद्देश्यका साथ स्थापना भएको युनाइटेड क्लवले आयोजना गरेको पोखरा महोत्सवमा दिन प्रतिदिन दर्शकको घुइचो लाग्न थालेको महोत्सवका प्रचार प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए । दर्शकको चाप संगै महोत्सवमा ब्यापार समेत वढ्दै गइरहेको संयोजक गुरुङले जानकारी दिए ।
पोखरा आसपासमा आयोजना हुने महोत्सव मध्ये कान्छो महोत्सव भएकाले महोत्सवमा दर्शकहरुले उल्लेख्य मात्रामा सहभागीता जनाइरहेको समेत गुरुङले जानकारी दिए । यसैविच एमाओवादी लगायत विभिन्न राजनैतिक दलहरुले नेपाल बन्दको आब्ह्वान गरेको भएतापनि महोत्सवभने जारी रहने आयोजकले जनाएको छ । महोत्सवमा सोमबार बिमलराज क्षेत्री, प्रजापति पराजुली, चोलेन्द्र पौडेल,जीवन दाहाल, शिवहरी ढुंगाना, घनश्याम रिजाल, कृष्ण गुरुङ, अमर धिताल, करण गुरुङ,निशा पौडेल, लक्ष्मी नेपाली लगायतले आफ्नो प्रस्तुती मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिएभने बउचापुँच रामबजार र आदर्श आमा समुह ढुंगेसांघुले झांकी प्रस्तुत गरेका थिए । पप तथा ब्याण्ड तर्फभने द एक्स ब्याण्ड र स्थानिय लोकल ब्याण्डहरुले युवायुवतीहरुलाई पप कन्सर्टद्धारा मनोरञ्जन प्रदान गरेका थिए ।
विगतका वर्षहरुमा जस्तै शिक्षा,स्वास्थ्य,खेलकुद र पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणका लागी प्रत्येक क्षेत्रमा २० प्रतिशत रकम छुट्याउदै आएको र यसवर्षदेखि महोत्सवको प्रत्येक टिकटबाट एक रुपैया सेती नदी संरक्षणका लागी छुट्याइने आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न उत्पादनका करिव २ सय ओटा स्ट्रल छन् । महोत्सवको आकर्षणमा विविध मनोरञ्जनात्मक कार्यक्रम, नृत्य प्रतियोगिता, दोहोरी, बाल उद्यान, पप कन्सर्ट, पर्यटकीय स्थलको जानकारी, झाँकी प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी र बिक्री रहेका छन् । महोत्सवको नेपाल शालिमार सिमेन्पटिले मुख्य प्रायोजक गरेको छ भने जिल्ला विकास समिति कास्की र सिजी हार्डवेयर एण्ड सप्लायर्स विशेष सहयोगी रहेका छन् ।
महोत्सवमा मंगलवार झांकी प्रतियोगिता तर्फ लम्जुङ पोजको समाज पोखरा (दुरा), नेपाल दैविक शक्ति संघ रामघाट पोखरा १०, नौमती बाजा छिनेडांडा पोखरा १८ को पञ्चेबाजा, लाखेनाच गौडाको मुख कुँडहर १३ को नेवारी संस्कृति प्रदशृनी गरिने भएको छभने पप तथा लाइभ कन्सर्ट तर्फ आश्था रावत र स्थानिय लोकल ब्याण्डको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
त्यसैगरी लोकदोहोरी तर्फ राष्ट्रिय कलाकारहरु विष्णु खत्री, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, जीवन दाहाल, पार्वती जिसी, ज्योति लोहोनी, राजन कार्की, जय कुमार परियार, मञ्जु बिक, राजेन्द्र सापकोटाको प्रस्तुती रहने छ ।
